सबैको समाचार
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • काभ्रेमा फेला पर्यो निकै पुरानो शिलालेख

काभ्रेमा फेला पर्यो निकै पुरानो शिलालेख

10480
Shares
काभ्रेमा फेला पर्यो निकै पुरानो शिलालेख

काभ्रे : झिगु खोला अन्तर्गत काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ५ मा निकै पुरानो शिलालेख फेला परेको छ ।

रविओपी दोभान पाटी माथि बिमिरे कुलोको बाँधमा शिलालेख रहेको स्थानीय सुरेश लुईटेलले बताउनुभयो । लुईटेलका अनुसार ढुङ्गामा कुदिएको अक्षर निकै पहिलोदेखि थियो ।

अहिले मात्रै बाहिर उजागर गरिएको हो । ‘यो शिलालेख निकै पुरानो हो । मैले पनि सानैदेखि देखेको हो । हजुर बुबाहरुको पालादेखि नै त्यो पथरमा अक्षर रहेको बुढापाको भनाई रहेको छ । लुईटेलले भन्नुभयो ।’

स्वस्ति श्री साके १७९५, श्री सम्बत १९३० लेखिएको छ । साके सम्बत भन्दा विक्रम सम्बत १३५ बर्ष जेठो रहेको रहेको पुरात्वविदहरुको भनाई छ ।

पाँचखाल नगरपालिकामा लिछ्विकालिन बिजय स्वामिनिको विक्रम सम्बत ५६० को शिलालेख, १४ औँ शताब्दिको शिलालेख, जय प्रकाश मल्लको शिलालेख, पृथ्विनारायण शाह र राणाकालिन शिलालेखहरू फेला परेका छन ।

10480
Shares

ट्रेन्डिङ