सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काभ्रेमा किर्ते कागज बनाएर अर्काको जग्गा बिक्री, करोडौ ठगि

काभ्रेमा किर्ते कागज बनाएर अर्काको जग्गा बिक्री, करोडौ ठगि

85930
Shares
काभ्रेमा किर्ते कागज बनाएर अर्काको जग्गा बिक्री,  करोडौ ठगि

काभ्रेको बनेपामा रहेको जग्गा किर्ते कागज बनाइ बिक्री गरेको पाइएको छ । बनेपा नगरपालिका वडा नम्बर ५ मा अर्काको नाममा रहेको ७६ कित्ता मध्य केहि कित्ता जग्गा किर्ते कागज बनाइ १ करोड १० लाखमा बिक्रि गरिएको हो ।

किर्ते कागज बनाइ उक्त जग्गा बिक्री गर्ने धादिङ जिल्लाको जिवनपुर ५ घर भई काभ्रेको बनेपा बस्दै आएका रबि प्रसाद रेग्मीलाई काभ्रे प्रहरीले पक्राउ गरेको छ ।

रेग्मीले किर्ते कागज बनाइ ४ जनालाई जग्गा बेचेका हुन् । रेग्मीले गत असार ३१ गते जग्गा धनि पुर्जा (लालपुर्जा ) किर्ते बनाएर मालपोत कार्यालय काभ्रेका कर्मचारीको समेत मिलेमतोमा जग्गा पास गरेको पाइएको हो ।

उनले किर्ते बनाएर पास गरेको जग्गाको कित्ता जिल्ला मालपोत कार्यालय काभ्रेमा हेर्दा बास्तबिक जग्गा धनिकै नाममा रहेको छ । धुलिखेल स्थित किर्ते कागज बनाउने भूसेवा कार्यालयमा आज प्रहरीले छापा समेत मारेको थियो ।

प्रहरीले उक्त कार्यालय छापा मार्दा कार्यालयमा रहेको फोटो कपि मेसिन, ल्यापटप तथा सयौँ लालपुर्जा समेत जफत गरेको छ । जग्गा कारोबारमा अन्यको पनि संग्लनता रहेको हुन सक्ने भन्दै अनुसन्धान जारि रहेको जिल्ला प्रहरी कार्यलय काभ्रेले जानकारी दिएको छ ।

 

85930
Shares

ट्रेन्डिङ