सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काभ्रेका २ बालक सुनकोशी नदिमा बेपत्ता

काभ्रेका २ बालक सुनकोशी नदिमा बेपत्ता

30060
Shares
काभ्रेका २ बालक सुनकोशी नदिमा बेपत्ता

काभ्रे : काभ्रेका २ जना बालक सुनकोशी नदिमा बेपत्ता भएका छन । काभ्रेको तेमाल गाउपालिका वडा न २ लामबगरबाट सुनकोशी नदिमा पौडी खेल्ने क्रममा २ जना बालक बेपत्ता भएका हुन् ।

बेपता हुनेमा तेमाल गाउपालिका वडा न २ चौथली बस्ने सोम माझीको छोरा वर्ष ११ का समिर माझि र सोहि स्थान बसोबास गर्ने कुल बहादुर माझीका छोरा वर्ष ८ का कान्छो माझि बेपत्ता भएका हुन् ।

तेमाल गाउँपालिका वडा नं २ स्थित सुनकोशी नदीमा आज आज पौडी खेल्ने क्रममा नदीले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताए ।

उनका अनुसार सुनकोशी नदीमा बालकहरु बेपत्ता भएको खबर सुन्न साथ प्रहरी चैकी पचुवारघाटको टोलि असईको कमाण्डका खटिएको थियो l हाल खोजतलास कार्य भैरहेको समेत जानकारी दिए।

30060
Shares

ट्रेन्डिङ