सबैको समाचार
आइतवार, चैत्र १९, २०७९
  • होमपेज
  • काभ्रेमा टिपरले मच्यायो वितण्डा

काभ्रेमा टिपरले मच्यायो वितण्डा

काभ्रेमा टिपरले मच्यायो वितण्डा

काभ्रे : अरनिको राजमार्ग अन्तर्गत काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ७ तरकारी बजार क्षेत्रमा टिपरले वितण्डा मच्याएको छ । गएराति पौने दस बजेतिर बत्तिएर आएको टिपरले वितण्डा मच्याएको हो ।

विपरीत दिशाबाट तीब्र गतिमा आएको टिपरले पार्किङ गरिराखेको कारलाई ठक्कर दिएको छ । तीब्र गतिमा आएको टिपरको ठक्करबाट १८०६ नम्बरको कारको पछाडिपट्टीको भाग काम नलाग्ने गरी क्षतविक्षत बनेको छ ।

कारलाई ठक्कर दिए लगत्तै बा ५ ख ५६७२ नम्बरको टिपर नजिकै रोकिराखेको अर्को ट्रकमा गएर ठोक्किएको थियो । संयोग नै मान्नुपर्छ त्यो बेला मानिस कोही पनि थिएनन् । नत्र ठूलो मानवीय क्षति हुन्थ्यो ।

इलाका प्रहरी कार्यालय बनेपाका अनुसार टिपर चालक फरार छन । उनको खाजी कार्य भैरहेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख नारायण थापाले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका