सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१

चट्याङ लागेर १२ जना घाइते

4520
Shares
चट्याङ लागेर १२ जना घाइते

दैलेखमा : चट्याङ लागेर दैलेखको डुङ्गेश्वर गाउँपालिका २ को सेर्माकोटमा १२ जना घाइते भएका छन् ।

स्थानीय रमेश सिंहलगायतकाे घरमा परेको चट्याङ लागेर १२ जना घाइते भएका वडाध्यक्ष यामबहादुर विष्टले बताउनुभयो । उहाँका अनुसार कोदो गोड्ने खेतालाहरू दिउँसाेको खाजा खाइरहेको अवस्थामा चट्याङ परेको थियो ।

घाइतेहरूलाई दैलेख अस्पताल पठाइएकाे उहाँले जानकारी दिनुभयाे । चट्याङ लागेर केही खसी र गाई मरेका वडाध्यक्ष विष्टले बताउनुभयाे ।

4520
Shares

ट्रेन्डिङ