सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • काभ्रेको दाप्चा क्षेत्रमा सरसफाई अभियान सुरु

काभ्रेको दाप्चा क्षेत्रमा सरसफाई अभियान सुरु

5775
Shares
काभ्रेको दाप्चा क्षेत्रमा सरसफाई अभियान सुरु

काभ्रे : नमोबुद्ध नगरपालिकाको माथिल्लो भेग दाप्चा क्षेत्रमा सरसफाई अभियान थालिएको छ । नमोबुद्ध नगरपालिकाको आयोजनामा फुलबारी देखि दाप्चा बजार हुँदै काँक्रे बजारसम्म सरसफाई अभियान शुरु गरिएको हो ।

नगरप्रमुख कुन्साङ लामा, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्साल, सबै वडाअध्यक्षहरु, कार्यापालिका सदस्य, नगर सभा सदस्य, कर्मचारी र स्थानीय समेतको सहभागितामा बिहिबार फुलबारी देखि सफाई गर्न शुरु गरिएको छ । शुक्रवार पनि सरसफाई गरिनेछ ।

 

पर्यटकीय क्षेत्र नमोबुद्ध, दाप्चा जान समेत प्रयोग हुने उक्त सडकमा फालिएका फोहोर टिप्ने, पहिरो पन्छाउने, ढल, नाली समेत सफा गरिने नगर प्रमुख लामाले बताउनुभयो ।

 

‘सचेतना जगाउने समेत उद्धेश्यले अभियानको रुपमा सरसफाई शुरु गरेका हौं,’ नगरप्रमुख लामाले भन्नुभयो, ‘वडा कार्यालयहरुलाई क्रियाशिल बनाएर सरसफाई कायम गर्छौं ।’ नगरपालिकाले विभिन्न स्थानमा डस्टविन समेत व्यवस्था गरेको छ ।

 

विश्व वातावरण दिवसको सन्दर्भ पारेर नगरपालिकाले भकुण्डेवेशीमा साताव्यापी सरसफाई अभियान चलाएको थियो । बजारका विभिन्न स्थानमा डस्टविन राखेपछि पहिलाको तुलनामा बजार सफा देखिएको छ । नगरको फोहोर व्यवस्थापनको लागि अन्य पहल समेत भइरहेको नगर प्रमुख लामाले जानकारी दिनुभयो ।

 

5775
Shares

ट्रेन्डिङ