सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बनिसकेको ‘कम्युनिष्ट पार्टी’लाई केपी ओलीले भताभुङ्ग पारे : माधव नेपाल

बनिसकेको ‘कम्युनिष्ट पार्टी’लाई केपी ओलीले भताभुङ्ग पारे : माधव नेपाल

2705
Shares
बनिसकेको ‘कम्युनिष्ट पार्टी’लाई केपी ओलीले भताभुङ्ग पारे : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले बनिसकेको कम्युनिष्ट पार्टीलाई केपी ओलीले भताभुङ्ग पारेको आरोप लगाएका छन् । शनिबार पार्टीनिकट उपत्यका युवा विशेष जिल्ला कमिटीको कार्यक्रममा अध्यक्ष नेपालले नेपालका कम्युनिष्ट पार्टीबीच एकता आवश्यकता भएको उल्लेख गर्दै यस्तो बताएका हुन् ।

अध्यक्ष नेपालले कम्युनिष्टहरू एकैठाउँमा आउनुपर्ने र सबैलाई समेट्ने नेता चाहिने उल्लेख गर्दै भनेका छन्, ‘ओलीले पार्टी फुटाएर संविधान कुल्चिए । संसद विघटन गरे । अदालतको फैसलाको नाममा कम्युनिष्ट पार्टीलाई टुक्र्याइदिए ।’

त्यस्तै उनले कम्युनिष्ट पार्टीको विकल्प नै नभएको बताउँदै राजनीति नै चुनाव नभएकाले माध्यमको रुपमा लिनुपर्ने बताए । जनतादेखि जनतासम्म पुग्नको लागि राजनीति गर्ने निर्देशन दिदै उनले आफ्नो साथ छाडेर एमालेमा रहेका (१० भाई) नेताहरुको अहिले हरिबिजोग भइरहेको बताए ।

उनले भनेका छन्, ‘ओलीको सामू समर्पण गर्न नसकेर बाध्य भएर नयाँ पार्टी बनाएका छौं । अहिले १० भाईको एमालेमा हरिबिजोग छ । हामीलाई त्यस्तो स्वीकार्य छैन । हामी चट्टानी अडानमा उभिएर नयाँ पुस्तालाई अगाडि बढायौं । हामीले देशभर संगठन बनाएर पार्टीको उपस्थिति देखाइसकेका छौं ।’

अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलन र पार्टीहरूमा विकृति फैलिएको बताउँदै ‘मवादी’ संस्कृति बढेकाले ‘हामीवादी’ सोच नै हराइसकेको बताए । उनले देश र जनताको हितलाई केन्द्रमा राखेर काम गर्न नेता कार्यकर्तालाई निर्देशनसमेत दिएका छन् ।

2705
Shares

ट्रेन्डिङ