सबैको समाचार
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • काभ्रेको धुलिखेलका सहकारीलाई पशुपालन तथा गुणस्तरीय दुध उत्पादनमा अनुदान

काभ्रेको धुलिखेलका सहकारीलाई पशुपालन तथा गुणस्तरीय दुध उत्पादनमा अनुदान

4690
Shares
काभ्रेको धुलिखेलका सहकारीलाई पशुपालन तथा गुणस्तरीय दुध उत्पादनमा अनुदान

काभ्रे : काभ्रेको धुलिखेल वडा न २ मा सन्चालित श्री देउराली दुग्ध उत्पादक सहकारी सस्था लि आज एक सार्वजनिक सुनुवाई सन्प्पन गरेको छ । नेपाल लाईभ स्टक सेक्टर इनोभेशन आयोजना र सहकारिको पुरक अनुदानमा सन्चालित ब्यवासाहिक पशुपालन र गुणस्तरिय दूध उत्पादन आयोजना सन्चालन सम्बन्धको सार्वजनिक सुनुवाई सम्पन गरेको हो ।

जिल्ला समन्वय प्रमुख दिपक गौतम को प्रमुख आतित्यतामा सार्वजनिक सुनुवाई सम्पन्न गरिएको छ । पुरक अनुदानमा रहेको आयोजनाको आज दोस्रो चरणको सार्वजनिक सुनुवाई गरिएको हो । पुरक अनुदानबाट २५ ओटा पशुपालनलाई ब्यवस्थित सरिएको छ ।

सङै पशुपालनका लागि आवस्यक पर्ने खास खेती र पशुमा लाग्ने रोगहरु निराकरणका लागि यो कार्यक्रम उपयोगी भएको सहकारी अध्यक्ष शिव पकोईरालाले वताए । आयोजनाबाट २५ किसान को आधुनिक गोठ निर्माण , ५ किसानलाई गोबर ग्यास निर्माण , ५० वटा दुहुनो गाई खरिद , काउ म्याट ५० ओटा खरिद , छाप कटर खरिद तथा अन्य कार्य आयोजनाको पुरक बजेट बाट संचालन गरिएको सस्थाका अधक्क्ष कोईरालाले बताए।

पशु विमा सहित अन्य कार्य गरेको सहकारिले १ करोड ९५ लाख २३ हजार को सम्झौता गरि आयोजना पुर गरेको हो ।२०७८/५/१४मा सम्झौता गरेर कार्य प्रारभ गरिएको हो। सहकारिले आयोजना सम्मपन गरि दोस्रो चरण को सार्वजनिक सुनुवाई सम्म सम्पन्न गरेको हो ।

आयोजाना संचालन अगि सहकारिले १४ सय लिटर सङकलन गर्दै आएको सहकारिले आयोजनाको पुरक बजेट पछि हाल सहकारिले १८ सय ५० लिटर संगकलन गर्दै आएको छ। आयोजनाको बजेट कै कारण नै दुध उत्पादन बडेको छ ।

कार्यक्रममा सहकारीका पदाधिकारी सहकारीका सदस्य , जिल्ला भेटनरी अस्पतालका प्रमुख राजकुमार हुमागाई , जिल्ला दुध ब्यवसाही संघका अध्यक्ष एवं केन्द्रीय सदस्य समेत रहनु भएका धुलिखेल वडा न ११ का अध्यक्ष नारायण प्रसाद बडाल लगाएत स्थानीय दलका प्रतिनिधि तथा अन्य सहकारी प्रतिनिधिको उपस्थिति रहेको थियो।

जिल्ला भेटनरी अस्पतालका प्रमुख राजकुमार हुमागाई कार्यक्रमा शुभकामना मन्तब्य ब्यक्त गर्दै परम्परागत शैली बाट गरिएको पशुपालन भन्दा यस आयोजना ले उत्पादन बृदि त भएकै छ पशुलाई पनि सहज बासस्थान र पशु समेत रिस्ट पुष्ट भएको पाईएको छ । सबै मिलेर पशुउत्पादन र दूध उत्पादन लाई बृद्धि भएको छ । यो नै सफलता किसान र आयोजनाको सफलता भएको वताए।

सोहि वडाका अध्यक्ष अर्जुन प्र न्यौपानेले शुभकामना ब्यक्त गर्दै वडा भित्र संचालनमा रहेका सहकारिलाई वडाले एउटै नजरले हेरेको र म आफै किसान हु । यी सहकारी नभएको भए हामी ठेकेदार को भरमा हुने समेत उल्लेख गरे। आज सहकारीका कारणा हामी १५ दिनमा एक पटक किसानले दुधको पैसा पाईएका छौ । वडाले यश आ ब मा ५ लाख रुपैया पशु उपचारलाई सहुलियत प्रदान गर्ने समेत उनले बताए।

कार्यक्रमको विशिस्ट अतिथि समेत रहेका दुध ब्यवासाही संघका केन्द्रिय सदस्य नारयण बडालले शुभकामना ब्यक्त गर्दै स्थानिय स्रोत र साधनको अधिकतम प्रयोग गरेर उत्पादन वृदि गर्न सकिन्छ । यस्ता परियोजना बास्तबिक किसानलाई हित हुने दाबि समेत बडालले गरे। पशुपालनलाई आघुनिकता तर्फ लग्दा पशुले हिड्ने ठाउँ र बस्बे ठाउँ राम्रो हुदा पशु खुसी हुन्छन र तेसैले उत्पादनमा बृदि हुन्छ । र फलस्वरूप किसान लाई नै यसको फाईदा हुने हुदा यस्ता परियोजना सामाजिक विकासका लागि अपरिहार्य रहेको बडालको दाबि छ ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेका समन्वय प्रमुख दिपक गौतमले शुभकामना ब्यक्त गर्दै यस्ता आयोजना किसान मुखी छ। तपाईले प्राप्त गरेको सर सामान को अधिकतम सदुपयोग हुन् आवास्यक रहेको वताए।

आज जस्तै राम्रा कार्य गर्दै जानु भएमा छिटै नै आज भन्दा ठुला राशिका अनुदान समेत ल्याउन सकिने पनि बताए। स्वस्थ प्रतिस्पर्दा हुन् आवस्यक रहेको छ। कृषिमा पनि स्वस्थ प्र्तिस्पर्दाले नै किसानलाई आधुनिकता र झन् उत्पान्दन मुखी बनाउछ फलस्वरूप किसानकै हित हुन्छ।

त्यो अहिलेको आवस्यकता हो। अहिले किसानको अवस्था दयनिय छ किन भने अहिले किसान आफैले उत्पादनगरेका थेरै चिजहरु पशुका आहारको रुपमा खुवाउन पाएकाले मात्र यो बजार मूल्य हुदा नि किसान लाभाम्बित छन् यदि सबै कुरा किनेर नै खुवाउनु पर्ने हो भने किसानको आफ्नै खर्च समेत अहिलेको बजारको अवस्थाले झन् किसानलाई नै मार हुने उनको दाबि छ।

कार्यक्रम संचालन भने बलराम कोईरालाले संचालन गरेका थिए। कार्यक्रममा सहकारीका अधक्क्षले आयोजनाको प्रगति प्रतिबेदन समेत पेश समेत गरेका थियो।अतिथिको मन्तब्य पछि सहकारीका अध्यक्षले कार्यक्रम समापन गरि सार्वजनिक सुनुवाई सम्पन्न भएको थियो।

4690
Shares

ट्रेन्डिङ