सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बिकासको मूल फुटाउन हाम्रो उम्मेदवारी : तिर्थ लामा

बिकासको मूल फुटाउन हाम्रो उम्मेदवारी : तिर्थ लामा

2880
Shares
बिकासको मूल फुटाउन हाम्रो उम्मेदवारी : तिर्थ लामा

काभ्रे : काभ्रे क्षेत्र नं. १ (ख) का प्रदेश सभा सदस्यका उम्मेदवार तिर्थ लामाले बिकासको मूल फुटाउनको लागि आफूहरूको उम्मेदवारी रहेको बताएका छन् । जनताको आधारभूत आवश्यकताका आयोजनादेखि गौरवको आयोजनाहरू भित्राउनको लागि आफुहरूले उम्मेदवारी दिएको उनको भनाई छ ।

कहाँबाट कसरी बजेट आउँछ र कहाँको लागि कहाँ पुगेर ल्याउनु पर्छ भन्ने कुरा आफुलाई अनुभव भएकोले विजयी भएपछि विकासको मूल फुटाउने उनले प्रतिबद्धता जनाएका छन् ।

दाप्चा काक्रे विपी राजमार्ग जोड्ने सडक पिज र स्तरोन्नती गर्ने उनले बताए । आफुहरू निर्वाचित भएपछि छिटै सर्वदलीय बसी विकास बैंक निर्माण गरी काभ्रेको बिकासको लागि लागि पर्ने उनले बताए । काभ्रेको कुन स्थानको लागि कस्तो बिकास आवश्यकता छ छलफल गरी योजना अगाडी बढाउने लामाले बताएका छन् ।

उक्त कार्यक्रममा नेपाली कांग्रेस काभ्रेका उपसभापति रमेश हुमागाई, सचिव गुणराज मोक्तान, अग्रज नेता इन्द्रमणी अधिकारी, नेकपा माओवादी केन्द्रका काभ्रे जिल्ला सचिव दैवलाल घिसिङ लगायत नेपाली कांग्रेस काभ्रेका विभिन्न भात्री संघसंस्थाका सभापति उपसभापति, नेकपा माओवादी केन्द्रका भात्री संघसंस्थाका अध्यक्ष उपाध्यक्ष, नेकपा यसका नेता तथन संघसंस्थाका नता लगायतको उपस्थिती रहेको थियो ।

2880
Shares

ट्रेन्डिङ