सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • एमालेभित्र राजा आउ देश बचाउ भन्ने मान्छे मात्रै छन् : हितमान शाक्य

एमालेभित्र राजा आउ देश बचाउ भन्ने मान्छे मात्रै छन् : हितमान शाक्य

2925
Shares
एमालेभित्र राजा आउ देश बचाउ भन्ने मान्छे मात्रै छन् : हितमान शाक्य

काभ्रे । नेकपा माओवादी केन्द्रका सचिव हितमान शाक्यले नेकपा एमालेभित्र राजा आउ देश बचाउ भन्ने मान्छे मात्रै भएको बताएका छन् । काभ्रेको पनौती नगरपालिकामा माओवादी केन्द्रको नगरस्तीय कमिटिले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले एमालेमा अब राजा आउ देश बचाउ भन्ने मान्छे मात्रै बाँकी भएको बताएका हुन् ।

‘कोही मान्छे भ्रममा होलान्, तर धेरै बुझिसकेका छन्, एमालेमा अहिले राजा आउ देश बचाउ भन्ने मान्छे मात्रै छन्’ उनले भने । माओवादी केन्द्र बागमती प्रदेशका इन्चार्ज समेत रहेका उनले एमाले अध्यक्ष केपी ओलीभित्र तानाशाही निरंकेश प्रवृत्ति भएको रहेको समेत औल्याए ।

‘ओलीजीसँग तानाशाही र निरंकुश प्रवृत्ति देखियो, उहाँले तानाशाही प्रवृत्ति देखाएकै कारण आजको अवस्था आएको हो’ उनले भने । उनले मुलुकलाई संकट पर्दा जहिल्यै पनि कांग्रेस माओवादी एक ठाउँमा उभिएको इतिहास स्मरण गराए । मुलुकको विकास र संविधानमा भएको परिवर्तित व्यवस्थाको रक्षाका लागि सबैले आआफ्नो गुनासालाई छाडेर गठबन्धनका उम्मेदवारको चिन्हमा मतदान गर्न आग्रह गरे ।

उनले अहिलेको निर्वाचनको प्रणाली मुलुकले धान्न नसक्ने खालका भएकाले यसबारे अब छलफल र बहस गर्नुपर्ने समेत बताए । कार्यक्रमलाई नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं वाम लोकतान्त्रिक गठबन्धनका काभ्रे प्रतिनिधिसभा क्षेत्र नम्बर १ का साझा उम्मेदवार सुर्यमान दोङ, क्षेत्र नं. २ का साझा उम्मेदवार शिव हुँमागाई लगायतले सम्बोधन गरेका थिए ।

2925
Shares

ट्रेन्डिङ