होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सबैको समाचार
आइतवार, अशोज १४, २०८०
  • होमपेज
  • हाम्रो जित सुनिश्चित भइसकेको छ, कति मतान्तरले जित्ने भन्ने मात्रै होः सुर्यमान दोङ

हाम्रो जित सुनिश्चित भइसकेको छ, कति मतान्तरले जित्ने भन्ने मात्रै होः सुर्यमान दोङ

हाम्रो जित सुनिश्चित भइसकेको छ, कति मतान्तरले जित्ने भन्ने मात्रै होः सुर्यमान दोङ

 

काभ्रेः नेकपा माओवादीका केन्द्रका पोलिटव्यूरो सदस्य तथा बाम लोकतान्त्रिक गठबन्धनबाट काभ्रे प्रतिनिधिसभा क्षेत्र नं. १ का साझा उम्मेदवार सुर्यमान दोङ (लालध्वज)ले मतदाताहरु आफुहरुसँग सन्तुष्टि देखिएकोले जित सुनिश्चित भइसकेको भन्दै कति मतान्तरले जित्ने भन्ने मात्रै हेर्नै मंसिर ४ को प्रतिक्षामा रहेको बताएका छन् । मंगलबार काभ्रेको पनौतीस्थित् उम्मेदवार भेटघाट तथा चुनावी अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘काभ्रेको गठबन्धनको जितलाई अब कसैले रोक्न सक्दैन । जित सुनिश्चित भइसकेको छ । अब कति मतान्तरले जित्ने भन्ने हेर्न मात्रै बाँकी हो ।’ उनले संविधानको गणतन्त्रको रक्षाको लागि गठबन्धनलाई जिताउन आवश्यक रहेको भन्दै प्रतिगमनको खतरा रहेसम्म गठबन्धन निरन्तर रहिरहने बताए ।

त्यस्तै काभ्रेको प्रतिनिधि सभा क्षेत्र नं. २ का गठबनधनका साझा उम्मेदवार नेपाली कांग्रेसका नेता शिवप्रसाद हुमागाईंले राजा महेन्द्र र एमाले अध्यक्ष केपी ओलीमा केही भिन्नता नभएको बताए ।

उम्मेदवार हुमागाईंले औचित्य र आवश्यकताको आधारमा जनताको हितमा भएको गठबन्धन पवित्र भएको बताए । उनले राजावादीलाई काँधमा बोकेर गरेको एमाले नेतृत्वको गठबन्धन अपवित्र भएको दाबी गरे ।

काभ्रे–१ को प्रदेश सभा (ख) का उम्मेदवार तिर्थ लामाले एमाले अध्यक्ष ओलीले संविधानको आभारभूत स्तम्भहरु भत्काउने काम गरेको बताए । उनले ओली अग्रमनतिर नभई प्रतिगमनको बाटो समतेपछि त्यसबाट देशलाई जोगाउनको लागि गठबन्धन भएको प्रष्ट पारे ।

ट्रेन्डिङ