सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • नमोबुद्धको घरदैलोमा उत्साहजनक सहभागिता, प्रत्येक टोलमा मतदाता शिक्षा

नमोबुद्धको घरदैलोमा उत्साहजनक सहभागिता, प्रत्येक टोलमा मतदाता शिक्षा

2540
Shares
नमोबुद्धको घरदैलोमा उत्साहजनक सहभागिता, प्रत्येक टोलमा मतदाता शिक्षा

काभ्रे : लोकतान्त्रिक–बाम गठबन्धनले आसन्न प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनको सन्दर्भमा गरेको दोस्रो चरणको घरदैलो कार्यक्रममा स्थानीयको उत्साहजनक सहभागिता देखिएको छ ।

नमोबुद्ध नगरपालिका वडा नं ६ खाक्सी, वडा नं ८ दारिम्बोट, पिपलटार, वडा नं ९ गहते, छत्रेबाझँ लगायत स्थानमा गरेको दोस्रो चरणको घरदैलोमा पनि स्थानीयले उल्लेख्य सहभागितासहित स्वागत गरेका हुन् ।

गठन्धनका तर्फबाट प्रदेश १ (ख) का साझा उम्मेदवार रहेका कांग्रेस जिल्ला सभापति तिर्थ लामासहित गठबन्धन आवद्ध दलका विभिन्न तहका नेता, कार्यकर्तासहितको घरदैलो गर्ने टोलीलाई स्थानीयले भव्य स्वागत गरेका थिए ।

संविधान बनाउन योगदान गरेका, जिल्लाको विकास निर्माणको लागि योगदान गरेका र भविष्यमा पनि काभ्रेको समृद्धी र विकासको नेतृत्व गर्न सक्ने तिर्थ लामालाई सो क्षेत्रमा उम्मेदवार पाएको भन्दै स्थानीयले खुशी समेत व्यक्त गर्दै विजयको लागि शुभकामना व्यक्त गरेका थिए । पहिलो घरको घरदैलो सकेका गठबन्धनका उम्मेदवारहरु पुन टोल, बस्तीमा पुगेर गठबन्धनका उम्मेदवारलाई जिताउन अनुरोध गरिरहेका छन् ।

यता, गठबन्धनका स्थानीय नेता कार्यकर्ताले नमोबुद्धका प्रत्येक टोल बस्तीमा पुगेर मतदाता शिक्षा दिइरहेका छन् । नमूना मतपत्र नै बोकेर उनीहरुले गठबन्धनका उम्मेदवारलाई सही तरिकाले मतदान गर्न सिकाइरहेका छन् । पहिलो मत प्रतिनिधीसभाको प्रत्यक्ष, दोस्रो मत प्रतिनिधी सभाकै समानुपातिक, तेस्रो मत प्रदेश सभाको प्रत्यक्षतर्फ र चौथो मत प्रदेश सभाको समानुपातिकतर्फको उम्मेदवारलाई हाल्न सिकाइएको हो ।

 

2540
Shares

ट्रेन्डिङ