सबैको समाचार
शनिबार, मंसिर १०, २०७९

नमोबुद्धमा नमूना मतदान

नमोबुद्धमा नमूना मतदान

काभ्रे : नमोबुद्ध–४ स्थित जनक माध्यमिक विद्यालयमा नमूना मतदान सञ्चालन गरिएको छ । नमोबुद्ध नगरपालिकाको संयोजनमा जिल्ला निर्वाचन कार्यालय काभ्रेले आयोजना गरेको नमूना मतदान कार्यक्रममा सो क्षेत्रका स्थानीयको सहभागिता थियो ।

नमोबुद्ध नगरप्रमुख कुनसाङ लामा, नगर कर्मचारी, स्थानीयवासी, शिक्षक, नमूना मतदानमा सहभागी भएका थिए । मतदान प्रकृया, बदर हुने तरिकाबारे लगायतका बिषयमा जानकारी र अभ्यास गराउन नमूना मतदान गरिएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले जानकारी दिए ।

 

जिल्ला निर्वाचन कार्यालय काभ्रेका प्रमुख रहेको जिल्ला निर्वाचन अधिकारी उमेशकुमार राईले काभ्रेका विभिन्न स्थानमा नमूना मतदान सञ्चालन गरिएको जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका