सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०

बस पल्ट्यो, १८ जना घाइते

1830
Shares
बस पल्ट्यो, १८ जना घाइते

बुटवल । बुटवल पाल्पा सडकखण्डको जोरधारामा बस दुर्घटना भएको छ। आइतबार बिहान बुटवलबाट बाग्लुङको बुर्तिबाङ गइरहेको बस जोरधारामा दुर्घटनामा परेको हो ।

दुर्घटनाको विस्तृत विवरण आउन भने बाँकी छ। अहिले प्रहरीले घटनास्थल पुगिसकेको र उद्धार कार्य शुरु गरेको जनाएको छ । घटनास्थलमा रहेका जिल्ला टाफिक प्रहरी कार्यालय पाल्पाका प्रहरी सहायक निरिक्षक फर्सुराम गौतमले अहिलेसम्म २० जना घाइतेहरुको उद्धार गरी पाल्पाको प्रभासमा रहेको लुम्विनी मेडिकल कलेजमा पठाइएको र बाँकीको उद्धार गर्ने कार्य चलिरहेको बताए ।

गौतमका अनुसार बिहान ८ बजे बुटवलबाट बाग्लुंङको बुर्तिबांङका लागि छुटेको लु १ ख ५९५६ नम्वरको बस दुर्घटनामा परेको हो । बस सड देखि करिव ३ सय मिटर तल तिनाउ खोलामा खसेको छ। घाईतेहरु धैरैको अवस्था गम्भीर रहेको छ। अहिलेसम्म बसमा कति यात्रु थिए भन्ने खुल्न नसकेको गौतमले बताए।

1830
Shares

ट्रेन्डिङ