सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • धनगढी प्रिमियर लिगका लागि टोली तयार

धनगढी प्रिमियर लिगका लागि टोली तयार

3070
Shares
धनगढी प्रिमियर लिगका लागि टोली तयार

धनगढी प्रिमियर लिग (डीपीएल)को छ टिमका लागि कप्तान पारस खड्का सहित चार क्रिकेटरहरु माथि अधिकतम १ लाखसम्मको बोली लागेको छ ।
क्रिकेट टोलीमा अनित मण्डल प्रेम तामाङ, पृथु बास्कोटा, रिजु रिजाल, आरिफ शेख जस्ता क्रिकेटरहरु रहेका छन् । ज्ञानेन्द्र मल्ल कप्तान रहेको सीबाईसी अत्तरियाले मेहबुब आलम, करण केसी, प्रदिप ऐरी, सन्दिप सुनारसहितका खेलाडी अनुवन्धित गरेको छ ।
काठमाडौं गोल्डेन्सले भुवन कार्की, नरेश बुढायर, सोमपाल कामी, सन्तोष भट्ट लगायतलाई भित्र्याएको छ । यो टिमको कप्तान बसन्त रेग्मी छन् ।
कप्तान रहेको कञ्चनपुर आइकोनिकले सागर पुन, अभिनाष कर्ण, सुनिल धमला, सिद्धान्त लोहनी लगायतलाई अनुवन्ध गरेको छ भने बिराटनगर किङ्ग्सले दिपेन्द्रसिंह ऐरी, सन्दिप लामिछाने, जितेन्द्र मुखिया लगायतलाई भित्र्याएको छ । यो टिमको कप्तान शरद भेषावकर हुन् ।
शक्ति गौचनको कप्तानीमा रहेको रुपन्देही च्यालेन्जर्सले सुवास खकुरेल, राजेश पुलामी मगर, विक्रम शोब, प्रकाश केसी लगायतलाई अनुवन्धित गरेको छ । अनलाइन खबर
dpl-team

3070
Shares

ट्रेन्डिङ