सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • ‘जिउँदा शहीद’ काभ्रेका मुकेश कायस्थको निधन

‘जिउँदा शहीद’ काभ्रेका मुकेश कायस्थको निधन

2560
Shares
‘जिउँदा शहीद’ काभ्रेका मुकेश कायस्थको निधन

काभ्रे । दोस्रो जनआन्दोलनमा घाइते भएका काभ्रेका मुकेश कायस्थको निधन भएको छ । ‘जिउँदा शहीद’ भनेर चिनिने कायस्थको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा बुधबार साँझ निधन भएको हो ।

२०६२ चैत २७ गतेको आन्दोलनमा मुकेशको कञ्चटमा सुरक्षाकर्मीले हानेको गोली लागेको थियो । त्यतिबेला उनी १४ वर्षका थिए । सोही दिनदेखि ओछ्यान परेका उनको ३२ वर्षको उमेरमा निधन भएको हो ।

कायस्थको आज (विहीबार) अन्तिम संस्कार गरिने मुकेश कायस्थ प्रतिष्ठानका अध्यक्ष हिरा शर्मा नेपालले जानकारी दिए । बनेपा नगरपालिका वडा नम्बर ८ स्थायी घर भएका मुकेश २०४८ साल भदौ ९ गते जन्मिएका थिए ।

दोस्रो जनआन्दोलनमा गोली लागेपछि उनलाई पक्षघात भएको थियो । १७ वर्षको उमेर पुग्दासम्म पनि उनी अर्धचेत अवस्थामा थिए । निरन्तरको उपचारपछि वायाँ हात चलाउने, हाँस्ने, गिलो खाने कुरा खाने र ह्विलचियरमा अडिन सक्ने भएका थिए ।

२०७५ असारमा अचानक बिरामी परेपछि फेरि अर्धचेत भएका थिए । लामो समयदेखि शिर मेमोरियल अस्पतालमा उपचाररत कायस्थको बुधबार बेलुकी ७:३० बजे निधन भएको हो । सरकारले मुकेशको उपचार खर्च, १५ हजार मासिक भत्ता, एक सुसारेको लागि ६ हजार २ सय भत्ता र एकजना नर्स नियमित उपलब्ध गराउँदै आएको थियो ।

2560
Shares

ट्रेन्डिङ