सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • काभेको एक घरमा आगलागी, हजुरबुबा र नाती घाइते

काभेको एक घरमा आगलागी, हजुरबुबा र नाती घाइते

25160
Shares
काभेको  एक घरमा आगलागी, हजुरबुबा र नाती घाइते

काभ्रे : बनेपा नगरपालिका वडा नम्बर ५ घोकेचौरमा गएराति आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।

चौरीदेउराली गाउँपालिका वडा नम्बर ९ गोठपानी स्थायी घर भै घोकेचौर बस्दै आएका मिन बहादुर तामाङको घरमा आगलागी भएको हो । आगलागीमा परी ६४ बर्षीय मिन बहादुर र उनका ९ बर्षीय नाती शिशिर तामाङ घाइते भएका छन् ।

घाइते मध्ये मिन बहादुर तामाङ डिस्चार्ज भैसकेको ईलाका प्रहरी कार्यालय बनेपाका डिएसपी रेशम बोहोराले जानकारी दिनुभयो । शिशिरको बनेपा स्थित शीर मेमोरियल अपस्तालमा उपचार भैरहेको छ ।

करेन्ट सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । घरको सबै सामान पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

25160
Shares

ट्रेन्डिङ