सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बलात्कार आरोप पछि फरार रहेका एक युवक काभ्रेबाट पक्राउ

बलात्कार आरोप पछि फरार रहेका एक युवक काभ्रेबाट पक्राउ

2945
Shares
बलात्कार आरोप पछि फरार रहेका एक युवक काभ्रेबाट पक्राउ

बारा : प्रहरीले ६ महिना अघिको बलात्कार घटनामा संलग्न एक युवालाई काभ्रेपलाञ्चोकबाट पक्राउ गरी ल्याएको छ । एक १३ वर्षीया बालिकालाई बलात्कार गरी गत कात्तिक देखी फरार रहेका युवालाई काभ्रेबाट पक्राउ गरी ल्याइएको हो ।

यसरी पक्राउ पर्नेमा आदर्श कोतवाल गाउँपालिका–३ घटनियाका २५ वर्षीय बिशोरी बैठा रहेको बारा जिल्लाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिएका छन् ।

उनका अनुसार बलात्कारको घटना लगत्तै फरार रहेका बैठालाई काभ्रे जिल्लामा लुकिछिपी रहेको जानकारी पाए पछि सोही स्थानमा गएर पक्राउ गरेर ल्याइएको हो ।

गत कात्तिक १६ गते बैठा र उनका साथीले शौचालय गर्न घर बाहिर निस्किएकी गाउँकै १३ वर्षीया बालिकालाई बलात्कार गरेका थिए । सो घटना पछि फरार रहँदै आएका बैठा पक्राउ परेका हुन । सो घटनामा संलग्न अर्का एकजना भने अझै फरार रहेका छन् ।

2945
Shares

ट्रेन्डिङ