• होमपेज
  • आगलागीबाट क्षति भएका परिवारलाई वडा अध्यक्ष वादेको सहयोग

आगलागीबाट क्षति भएका परिवारलाई वडा अध्यक्ष वादेको सहयोग

आगलागीबाट क्षति भएका परिवारलाई वडा अध्यक्ष वादेको सहयोग

काभ्रे:  बनेपा वडा नं ९ का वडा अध्यक्ष नृपेश वादेले आगलागीबाट क्षति भएका परिवारका लागि सहयोग उपलब्ध गराएको छन् । चौरीदेउराली गाउँपालिका वडा नम्बर ९ गोठपानी स्थायी घर भै बनेपाको घोकेचौर बस्दै आएका भीम बहादुर तामाङको घरमा जेठ २ गते आगलागी भएको थियो ।

आगलागीमा परी घाइते भएका ६४ बर्षीय भीम बहादुर र उनका ९ बर्षीय नाती शिशिर तामाङलाई वडा अध्यक्ष वादे र युवा नेता राजु लामाले ८ हजार औषधि उपचार खर्च सहयोग गरेका हुन् ।

त्यस्तै अध्यक्ष वादे र युवा नेता लामाले चामल,आटा,नुन,चिनी,दाल,चना,चिया पत्ती,मस्यौरा,दालमोथ,बिस्कुट ,चिउरा,चाउचाउ,जुस,तेल,ब्ल्यांकेट र झुल लगाएतका सामग्रीहरु सहयोग गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका