• होमपेज
  • सरकारलाई गोकुल बास्कोटाको प्रश्न- काभ्रेका यानप्रसाद र राजु भुजेल सहिद कि गद्दार ?

सरकारलाई गोकुल बास्कोटाको प्रश्न- काभ्रेका यानप्रसाद र राजु भुजेल सहिद कि गद्दार ?

सरकारलाई गोकुल बास्कोटाको प्रश्न- काभ्रेका यानप्रसाद र राजु भुजेल सहिद कि गद्दार ?

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सरकारले सहिदको सूची कुन आधारमा निकालेको भन्दै प्रश्न गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो प्रश्न गरे।

उनले भने, ‘सरकारले झण्डै ६७ हजार जनाको सहिदको सूची निकाल्यो। मेरो जिल्लाको पूर्वमाओवादी नेता यानप्रसाद गौतम सहिद हो कि गद्दार हो ? राजु भुजेल सहिद हो कि गद्दार हो ? जवाफ चाहियो ? न राज्य जिम्मा लिन्छ न तत्कालीन विद्रोही ? यो कसरी निकालियो ?’

यस्तै, हिजो पाँचखालमा परेको पानीले सयौँ रोपनीमा लगाएको बाली नष्ट गरेको भन्दै बाली बिमा र तटबन्धको निर्माण गर्न माग गरे। उनले धुलिखेलदेखि बनेपासम्मको सडकमा चाँडै बनाउन माग गरे।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका