सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • काभ्रेका सांसद लक्ष्मण लम्साल मन्त्री बन्दै

काभ्रेका सांसद लक्ष्मण लम्साल मन्त्री बन्दै

1705
Shares
काभ्रेका सांसद लक्ष्मण लम्साल मन्त्री बन्दै

काभ्रे प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा १ बाट निर्वाचित सांसद लक्ष्मण लम्साल मन्त्री बन्नु हुने भएको छ । आज विहान बसेको गठबन्धन दलको बैठकले नेकपा (एकीकृत समाजवादी) लाई दुई वटा मन्त्रालय दिने सहमति बनेपछि लम्साल मन्त्री बन्नु हुने भएको हो ।

नेकपा एसको तर्फबाट लम्साल र डाक्टर राजेन्द्र मान श्रेष्ठ मन्त्री बन्नु हुनेछ । नव नियुक्त मन्त्रीहरुको आज दिउँसो ३ बजे सथप लिने कार्यक्रम रहेको छ । नेकपा एसको भागमा कृषि तथा पशुपंछी विकास मन्त्रालय र श्रम, रोजगार तथा यातायात मन्त्रालय परेको छ ।

दुई जना मध्ये कसले कुन मन्त्रालय लिने भन्ने बारे टुंगो लागिसकेको छैन् । मन्त्रीमा नाम सिफारिस भएका लम्साल र श्रेष्ठ दुबै सथपका लागि हेटौँडा जाँदै छन् । मन्त्रालयको भागबन्डा नमिल्दा बागमती प्रदेश सरकारले पूर्णता पाउन सकिरहेको थिएन ।

बागमती प्रदेश सरकारले आज पूर्णता पाउने भएको छ । बिहानको छलफलले प्रदेशको ११ मन्त्रालयलाई विभाजन गरी १२ कायम गर्ने र १२ मन्त्री नियुक्त गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

जसमा कांग्रेसले हाल सम्हाल्दै आएको २ मन्त्रालयसहित ६ मन्त्रालयको जिम्मेवारी पाउने भएको छ भने माओवादी केन्द्रले मुख्यमन्त्री सहित ४ र एकीकृत समाजवादीले २ मन्त्री पाउने भएको छ ।

1705
Shares

ट्रेन्डिङ