सबैको समाचार
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • पाँचखालका किसानलाई यान्त्रिक कृषि सामाग्री

पाँचखालका किसानलाई यान्त्रिक कृषि सामाग्री

2000
Shares
पाँचखालका किसानलाई यान्त्रिक कृषि सामाग्री

काभ्रे : पाँचखाल नगरपालिका वडा नं २ का किसानलाई यान्त्रिकि कृषि सामाग्री वितरण गरिएको छ ।

कृषि ज्ञान केन्द्र र पाँचखाल नगरपालिकाको समन्वयमा स्थानीय लक्ष्मीनारायण कृषक समूह मार्फत ५० प्रतिशत अनुदानमा ५ थान कम्वाईन मिल, ६ थान डिस्क मिल, ५ थान मकै छोडाउने मेसिन, ३ थान पेट्रोलबाट चल्ने पानी तान्ने पम्प सहित ९ थान इलेक्ट्रिक पम्प वितरण गरिएको पाँचखाल नगरका कृषि शाखामा कार्यरत ज्ञानेन्द्र दाहालले जानकारी दिए ।

२५ जना कृषकलाई वितरण गरिएको कार्यक्रममा कृषि ज्ञान केन्द्रको निमित्त प्रमुख उमादेवी श्रेष्ठ, पाँचखाल वडा नं २ का वडा अध्यक्ष रामेश्वर दाहाल, पाँचखाल नगरपालिकाका कृषि शाखा प्रमुख सुदर्शन बोलखे लगायतको सहभागिता रहेको थियो ।

2000
Shares

ट्रेन्डिङ