सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काभ्रेमा गाडी दुर्घटना, ७ जना घाईते

काभ्रेमा गाडी दुर्घटना, ७ जना घाईते

36980
Shares
काभ्रेमा गाडी दुर्घटना, ७ जना घाईते

काभ्रे जिल्लाको मण्डनदेउपुर वडा न. १ धारापानीमा एक पर्यटन बोकेर चुरीथुम्का जादै गरेको स्कार्पिओ गाडी दुर्घटना भएको छ ।

काठमाडौँबाट चुरिथुम्का जादैं गरेको बा. ५ च ६३७६ नम्बरको स्कर्पिओ गाडी धारापानीमा दुर्घटना हुदा स्कार्पिओमा सवार चालक सहित ७ जना घाईते भएका छन् । उत्त गाडीमा सवार चालक सहित ३ जना नेपाली र अन्य ४ जना भने जापानिज नागरीक रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

स्कार्पिओ चालक ४७ बर्षीय ललितपुर निवासी श्याम श्रेष्ठलाई प्राथमिक उपचार पश्चात ललितपुर जिल्ला अवस्थित मेडीसिटि अस्पताल रिफर गरिएको जानकारी प्रहरीले दिएको छ । उनको बाहिर चोट नदेखिए पनि भित्री चोट हुन् सक्ने आकलन गरिएको प्रहरीले जनाएको छ ।

अन्य दुई नेपालि भने शंकरापुर स्थित पिपल्स लाईफ केयर अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएको प्रहरीले जानाएको छ। जापानिज नागरीक ४ जना भने सामान्य घाईते रहेको र सामान्य उपचार पश्चात लाजिम्पाटमा रहेकोपिपल्स लाईफ केयर हस्पिटलमा रिफर गरिएको प्रहरीले जनाएको छ। स्कार्पिओ भने पूर्ण रुपमा क्षेति भएको छ। स्कार्पिओ पल्टिएको अवस्थामा कुचिएको र ढल्किएको अवस्थामा रहेको छ ।

36980
Shares

ट्रेन्डिङ