सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा काभ्रेमा प्रदर्शन

नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा काभ्रेमा प्रदर्शन

4505
Shares
नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा काभ्रेमा प्रदर्शन

काभ्रे, जेठ १७ : राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा एमाले निकट अनेरास्ववियु जिल्ला कमिटी र राष्ट्रिय युवा संघ काभ्रेले बनेपामा मसाल जुलुससहित विरोध प्रदर्शन गरेका छन् ।

आज साँझ बनेपाको चारदोबाटोमा प्रदर्शन गर्दै अनेरास्ववियु जिल्ला कमिटी र राष्ट्रिय युवा संघले नागरिकता विधेयक खारेज गर्न माग गरेका छन् ।

उनीहरुले देश वेच्न पाईदैन, नागरिकता विधेयक खारेज गर, विदेशी दलालहरु होसियार लगाएतका नारावाजी गरेका थिए । त्यस्तै युवा संघले नेपाली भूमि समेटिएको नक्सा भारतीय संसदमा राखेको भन्दै चर्का नारावाजी गरेका थिए ।

4505
Shares

ट्रेन्डिङ