सबैको समाचार
बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • हजुरबुवाको कुटाइबाट एक नातिको मृत्य, अर्को घाइते

हजुरबुवाको कुटाइबाट एक नातिको मृत्य, अर्को घाइते

3555
Shares
हजुरबुवाको कुटाइबाट एक नातिको मृत्य, अर्को घाइते

काठमाडौं । बैतडीमा हजुरबुवाको कुटाइबाट गम्भीर घाइते भएका २ वर्षीय रेशम साउदको मृत्यु भएको छ। भने अर्का घाइते भएकाे छन् ।

शुक्रबार पुर्चौडी नगरपालिका-६ मुडेलीधारमा ५० वर्षका गणेश साउदले दुवै बालकलाई कुटेकाे प्रहरीले जानकारी दिएकाे छ । कुटपिटबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएकाे प्रहरी बताएकाे छ ।

अर्का नाति ८ वर्षीय रिजन साउदलाई भने धनगढी रेफर गरिएको छ। अहिले उनको धनगढीस्थित नवजीवन अस्पतालको आईसियूमा राखेर उपचार भइरहेको छ। मृतक रेशम क्यान्सरबाट पीडित थिए। विभिन्न अभियान चलाएर उनको उपचार गरिएको थियो । हजुरबुवाको कुटाइबाट घाइते दुवै बालकहरुको टाउकोमा गम्भीर चोट लागेको थियो।

बिहीवार हेरचाहा गर्न हजुरबुवाको जिम्मा लगाएर बालकका आमा र हजुरआमा घाँस काट्न गएको बेला उक्त घटना भएको प्रहरीले जनाएको छ। कुटपिट गर्नुको कारण भने खुलेको छैन। कुटपिट गर्ने गणेश साउदलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

3555
Shares

ट्रेन्डिङ