सबैको समाचार
बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • चोरी भएको स्कुटर सहित काभ्रेका सरोज पक्राउ

चोरी भएको स्कुटर सहित काभ्रेका सरोज पक्राउ

31930
Shares
चोरी भएको स्कुटर सहित काभ्रेका सरोज पक्राउ

काभ्रे : प्रहरी चौकीले चोरी भएको स्कुटर सहित बनेपाका सरोज सापकोटा र रामेछापका सुनिल पाण्डेलाई नियन्त्रणमा लिएको छ ।

बनेपाबाट पनौती तर्फ जाँदै गरेको बागमती प्रदेश ०२–२२ प ६६२४ नको यामाहा कम्पनी को स्कुटर सहित बनेपा नगरपालिका वडा नम्बर ११ घर भई काठमाण्डौ बस्दै आएका १८ बर्षीय सरोज सापकोटा र स्कुटरको पछाडि सवार रामेछापका १८ बर्षीय सुनिल पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

काठमाण्डौमा पार्किङ गरी राखेको स्थानबाट चोरी गरी ल्याएको प्रहरी बयानमा उनीहरुले बताएका छन् । काभ्रे प्रहरीले स्कुटर र मानिस कारबाहीका लागि प्रहरी वृत्त नयाँ बानेश्वर काठमाडौं पठाएको छ ।

31930
Shares

ट्रेन्डिङ