सबैको समाचार
मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • काभ्रेमा ट्रक र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

काभ्रेमा ट्रक र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

16310
Shares
काभ्रेमा ट्रक र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

काभ्रे : अरनिकाे राजमार्ग अन्तरगत धुलिखेल मिराबेल चोकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ  एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाकल चालक प्यूठान जिल्लाको धर्मवती गाउँपालिका वडा नम्बर ७ का २७ वर्षीय सुरज गिरी रहेको प्रहरीले जनाएको छ ।

बनेपाबाट धुलिखेलतर्फ आउँदै गरेको रा ७ प ७२५५ नम्बरको मोटरसाइकलाई बनेपातर्फ जाँदै गरेको बा २ ख २०१९ नम्बरको मिनिट्रकले ठक्कर दिएको थियो ।

हिजो मात्र अरनिको राजमार्ग अन्तर्गत बनेपा १३ भैंसेपटीमा सवारी दुर्घटना हुँदा धुलिखेल ८ का अभिषेक न्यौपानेको मृत्यु भएको थियो ।

 

16310
Shares

ट्रेन्डिङ