सबैको समाचार
बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • काभ्रेमा श्रीमानले गरे श्रीमतीको हत्या

काभ्रेमा श्रीमानले गरे श्रीमतीको हत्या

43335
Shares
काभ्रेमा श्रीमानले गरे श्रीमतीको हत्या

काभ्रे। काभ्रेको पाँचखाल नगरपालिका-१२ एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् ।

देवीराज भेटवालको घरमा डेरा गरी बस्ने ३६ वर्षीय हरी माझीले २६ वर्षीया श्रीमती कुमारी माझीलाई टाउकोमा चिर्पट प्रहार गरी हत्या गरेको प्रहरी चौकी बालुवाले जनाएको छ ।

कुमारीको धुलिखेल अस्पतालमा उपचारको क्रममा आज बिहान २ बजेर ११ मिनेटमा मृत्यु भएको थियो । श्रीमतीको हत्यामा संलग्न हरी माझीलाई बालुवा प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनले श्रीमतीलाई चिर्पट प्रहार गर्नुको कारण नखुलेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटनास्थल प्रहरी चौकी बालुवाबाट करिब तीन किलोमिटर पूर्वमा पर्दछ ।

43335
Shares

ट्रेन्डिङ