सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • १५ दिनका लागि विद्यालय बन्द

१५ दिनका लागि विद्यालय बन्द

3190
Shares
१५ दिनका लागि विद्यालय बन्द

लगातारको शीतलहर र चिसोसँगै जाडो बढेपछि जिल्लाका सबै सामुदायिक विद्यालय १५ दिनका लागि बन्द भएका छन् ।
सामुदायिक विद्यालयमा विपन्न, दलित र सर्वसाधारणका बालबालिका धेरै सङ्ख्यामा रहेको र उनीहरुलाई न्यानो कपडाको अभावमा समस्या सिर्जना भएपछि विद्यालय बन्द गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
विद्यालयको वार्षिक पात्रोअनुसार बर्खे बिदामा कट्टी हुने गरी १५ दिनका लागि विद्यालय बन्द गरिएको जिल्ला शिक्षा अधिकारी पूर्णबहादुर अछामीले जानकारी दिनुभयो ।
जिल्लामा सञ्चालन भइरहेका विद्यालयले अर्धवार्षिक परीक्षा सकेर विद्यालय बन्द गरेको उहाँले बताउनुभयो । यहाँका बोर्डिङ स्कुल भने सञ्चालनमा रहेका छन् ।
रुकुममा अहिले ६५० सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन् । केही पहिले पानीसँगै हिमपात भएपछि अहिले जिल्लामा जाडो बढ्दै गएपछि सर्वसाधारणको जनजीवन पनि प्रभावित भएको छ । जाडोका कारण सेवाग्राहीको सरकारी कार्यालयमा उपस्थिति पनि न्यून देखिएको छ । रासस

3190
Shares

ट्रेन्डिङ