सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • १४ वाणिज्य बैंकको ७ अर्व अझै सुधिरको पोल्टामा

१४ वाणिज्य बैंकको ७ अर्व अझै सुधिरको पोल्टामा

3160
Shares
१४ वाणिज्य बैंकको ७ अर्व अझै सुधिरको पोल्टामा

नेपालका १४ वाणिज्य बैंक र दर्जनौ वित्तिय संस्थाहरुले सुधिर बस्नेतलाई बोलाई÷बोलाई दिएको ७ अर्ब कर्जा अझै उठेको छैन । अग्नि एयर र दर्जनौ कम्पनीको नाममा सुधिर बस्नेतलाई बैंकहरुले कर्जा प्रवाह गरेका थिए । लगानीका नाममा बैंकहरुले बोलाई÷बोलाई दिएको केही पैसा सुधिरको सम्पत्ति विक्री गरि बैंकहरुले उठाए पनि यो ७ अर्ब पैसा अझै उठ्ने संकेत देखिदैन ।

उक्त रकम बैंकहरुले प्रोभिजन गरेको अवस्था भए पनि बैंकको नाफामा असर परेको छ । यसले गर्दा शेयरधनी र लगानीकर्ताहरुलाई ठूलो मार परेको भएको एक बैंकरले बताएँ । पहुँच र पैसाको भरमा बैंक र सर्वसाधारणहरुको पैसा नतिरी भारत पुगेका बस्नेत नेपाल आएको मौकामा प्रहरीले पक्राउ गरेको छ ।

पटक/पटक नेपाल र भारत ओहोरदोहोर गरेपनि पक्राउ नपरेका बस्नेत पक्राउ परे पनि यी बैंकहरुको ७ अर्व उठ्ने संकेत देखिदैन । नेपालका १४ वाणिज्य बैंकको यो पैसा प्रोभिजन भएको छ तर कर्जा उठेको भने छैन । यसले कस्तो असर बैंकहरुलाई पर्ने देखिन्छ भनि सेञ्चुरी बैंकका सिइओ अनुजमणी तिमिल्सीनालाई प्रश्न गर्दा उनीले भनेः–  यसले लगानीकर्ता र शेयरधनीहरुको प्रतिफलमा असर पर्नु स्वभाविक भएपनि यो ७ अर्बले नेपालको अर्थतन्त्रमा ठूलो असर पर्ने र आगामी दिनमा यस्ता समुह र व्यक्तिलाई कर्जा प्रवाह गर्दा सचेत बन्नु पर्ने पाठ यो घटनाबाट सिक्नु पर्ने जरुरी भएको छ । सुधिर बस्नेत अहिले प्रहरी खोरमा छन् ।

उनीका दर्जनौ व्यवसाय बन्द छन् । अग्नि एयर बन्द छ । उनीले यो कर्जा तिर्ने कुनै उपाय छैन । तर पनि बैंकहरुले धितो राखी दिएको जग्गाको विक्री पछि केही कर्जा उठ्ने भएपनि सबै कर्जा उठ्ने देखिदैन । सुधिर बस्नेतले १४ वटा वाणिज्य बैंकहरुको १ अर्ब ६० करोड व्याज र स्याज तिर्न बाँकी छ ।

कर्जाको त कुरै छैन । सर्वसाधारण सहकारी, फाइनान्स कम्पनी र व्यक्तिसँग लिएको ६ अर्व पैसाको त कुनै छैन । दर्जनौ व्यक्तिहरु सुधिरकै कारण अर्वपतिबाट सडकपति भएका छन् । भने कोही अर्वपति बनेका घटना प्रसस्त छन् । कुन बैंकबाट कति रकम लिए त सुधिर बस्नेतले डाटा सहित हेरौं ।

प्राइम कमर्सियल बैंक लिमिटेडवाट बस्नेतले तिर्न बाँकी कर्जामध्ये सबैभन्दा बढी प्राइम कमर्सियल बैंकलाई तिर्नुपर्ने छ । बस्नेत समूहलाई दिएको प्राइमको ३१ करोड ६० लाख रुपैयाँ उठेन बाँकी छ । यो अब उठ्नेमा शंका मात्रै छैन । नउठ्ने प्रायः निश्चित नै छ ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबाट बस्नेतले २३ करोड ८७ लाख रुपैयाँ लिएका छन् । यो पनि उठ्न सकेको छैन ।  कुमारी बैंक लिमिटेडबाट २० करोड ३६ लाख लगानी गरेको छ । सो रकम पनि फँसेको छ । उठ्ने संकेत छैन ।
एनआइसी एसिया बैंक लिमिटेडबाट बस्नेतले २० करोड १ लाख रुपैयाँ लिएका छन् अरु पैसा बैंकले जग्गा बिक्री गरि उठाएको छ ।

नबिल बैंक बैंक लिमिटेडबाट पनि बस्नेतले १४ करोड ६ लाख रुपैयाँ कर्जा लिएका छन् यो उठ्ने सकेत छैन ।  यसैगरी तत्कालित किष्ट बैंक लिमिटेडको १३ करोड रुपैयाँ फँसेको छ । यो अहिले प्रभू बैंकमा पुगेको छ । यो पनि उठ्ने संकेत छैन ।

सिटिजन्स इन्टरनेशनल बैंक लिमिटेडबाट ११ करोड ६९ लाख रुपैयाँ बस्नेलाई दिएपनि त्यो फिर्ता भएको छैन । तत्कालीन ग्राण्ड बैंकबाट पनि बस्नेतले १० करोड ७४ लाख रुपैयाँ कर्जा लिएका छन् । यो अग्नि एयरलाई दिएको कर्जा हो । जो उठ्ने संकेत छैन । यो प्रभू बैंकको नाममा फसेको छ ।

त्यसैगरी बस्नेतले तत्कालिन लुम्बिनी बैंकको ६ करोड ९३ लाख डुबाएका छन् । यो बिओकेसँग मर्जर भए पनि कर्जा उठेको छैन ।   सिद्धार्थ बैंकको ६ करोड १५ लाख रुपैयाँ फसेको छ । यो उठेको छैन ।

सिभिल बैंकको ३ करोड ७४ लाख रुपैयाँ बस्नेतले फिर्ता गर्न बाँकी छ । यो पनि अब उठ्ने कुनै संकेत देखिदैन । सेञ्चुरी बैंकले पनि बस्नेमाथी ३ करोड ३७ लाख लगानी गरेको छ । तर त्यो रकम पनि फिर्ता भएको छैन । सेञ्चुरीले जग्गा धितो विक्री गरि यो पैसा उठाउने तयारी गरेको दावी गरेको छ ।

एनसीसी बैंकको पनि १ करोड रुपैयाँ फँसेको छ । यो पनि धितो बिक्रीको प्रक्रियामा रहेको बुझिएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको ४ लाख रुपैयाँ लगानी उठेको छैन । यो पनि धितो बिक्रीको प्रक्रियामा रहेको छ । स्रोतको खावी छ ।

अग्नि एयरलाइन्स सिम्रिक एयरलाइन्सले लिजमा लिएपछि त्यसमा लगानी भएको ७० करोड रुपैयाँ भने सुरक्षित भएको छ । अग्नि एयरमा पाँच वाणिज्य बैंकले लगानी गरेका थिए । अग्नि एयरमा ग्राण्ड बैंकको ३४ करोड ८४ लाख, सनराइज बैंकको २० करोड २ लाख, सिभिलको २ करोड ९९ लाख, तत्कालीन कर्मज एण्ड ट्रष्टको २ करोड ४७ लाख र एनबी बैंकको २३ लाख रुपैयाँ गरी ७० करोड रुपैयाँ लगानी थियो ।

अग्नि एयरसहित सुधीर बस्नेत समूहलाई वाणिज्य बैंकले २ अर्ब २७ करोड ५० लाख रुपैयाँ लगानी गरेका थिए । यही कर्जाका कारण ग्राण्ड बैंक संकटमा फसेपछि प्रभू बैंकले कैडीको मूल्यमा ग्राण्डबैंक लिएको तथ्य सबै सामु छलङ्ग नै छ ।

सुधिर बस्नेतलाई तछाड/मछाड गरि बोलाई/बोलाई कर्जा प्रवाह गर्ने बैंकका सिइओहरु कै कारण यी १४ बैंकको नाफा घटे पनि सिइओहरुको कुर्सी भने सुरक्षित हुँदै आएको छ ।कर्जा प्रोभिजन भएको छ । उठ्ने संकेत छैन लिने र दिने दुवै दोषी हुन कि होइन यसको छिनोफानो कसले गर्ने ? कसले हो राष्ट्र बैंकको की अदालतको यसको उत्तर राज्यले दिनु जरुरी भैसकेको छ ।

सुधिर बस्नेतले पटक÷पटक आफूसँग अर्बौ रुपैयाँ बराबरको सम्पत्ति भएको दावी गर्दै आए पनि नगद अभावका कारण उनका सबै व्यापार १६ महिनादेखि बन्द भएका छन् । वाणिज्य बैंकबाट मात्र त्यस बेला १० अर्ब कर्जा लिएका सुधीर बस्नेतले विकास बैंक, फाइनान्स कम्पनी, सहकारी, कर्मचारी सञ्चय कोषलगायत औपचारिक क्षेत्रबाट सवा ४ अर्ब र अनौपचारिक क्षेत्रको साढे ३ अर्ब रुपैयाँ कर्जा लिएको राष्ट्र बैंकको प्रारम्भिक अनुसन्धानले देखाएको छ । उनलाई बैंकिङ कसुरअन्तर्गत कारबाही हुने प्रहरीले जनाएको छ ।

तर अव उनीको कर्जा तिर्ने उपाय छैन स्रोतको दावी छ । वेलामा बुद्धि नपु¥याएर अहिले आएर पछुतो गर्ने बैंकरहरु माथी पनि कारवाही हुनु पर्दछ । लिनेदिने दुवै माथी कारवाही गरिनु उचित हुन्छ कि ?

3160
Shares

ट्रेन्डिङ