• होमपेज
  • माछापुच्छ्रे बैंकले नै सेवाग्राहीलाई नक्कली नोट वितरण

माछापुच्छ्रे बैंकले नै सेवाग्राहीलाई नक्कली नोट वितरण

माछापुच्छ्रे बैंकले नै सेवाग्राहीलाई नक्कली नोट वितरण

‘क’ बर्गको बाणिज्य बैंकले नै सेवाग्राहीलाई नक्कली नोट वितरण गरेको भेटिएको छ ।
झापाको बिर्तामोडस्थित भद्रपुर रोडमा रहेको शाखा कार्यालयले सोमबार बिर्तामोडका तीर्थ अधिकारीलाई उपलब्ध गराएको रमकमा १ हजारको नोट नक्कली भेटिएको हो ।
कुमार थापाको खातामा रहेको रकम निकाल्न तीर्थ चेक बोकेर सोमबार दिउँसो २ बजे माछापुच्छ्रे बैंक पुगेका थिए । उनले त्यहाँबाट लाखौँ रुपैयाँ निकाले । र, माछापुच्छ्रेबाट निकालेको रकम जम्मा गर्न जनता बैंक पुगे ।
बण्डलमा एक हजारको नोट नक्कली रहेको जनता बैंकका कर्मचारीले पत्ता लगाएका हुन् । ‘जनता बैङ्कका कर्मचारीले यो नोट फेक हो भन्नुभयो, लिन मान्नुभएन,’ तीर्थले भने ।
नक्कली नोट भएको बण्डल बोकेर तीर्थ तुरुन्तै माछापुच्छ्रे बैंक गएका थिए । तर, माछापुच्छ्रेका कर्मचारीले उक्त नोट लिन मानेनन् ।
‘माछापुच्छ्रेका कर्मचारीले बैंकबाट बाहिर गइसकेपछि नक्कली होस् कि सक्कली होस्, फिर्ता हुँदैन भने,’ बैंकले दिएको नक्कली नोट देखाउँदै रिजालले भने, ‘उनीहरुले मेरो कुरै सुन्न चाहेनन्, नक्कलीको सट्टा सक्कली नोट दिन मानेनन् ।’
माछापुच्छ्रे बैंकका शाखा प्रवन्धक सञ्जय देवानले कुनै पनि हालतमा उक्त नोट फिर्ता नलिने अड्डी कसे । सञ्चारकर्मीसँग उनले भने, ‘यहाँबाट बाहिर गइसकेपछि सकियो, अब फिर्ता हुँदैन ।’
उक्त नक्कली नोट माछापुच्छ्रे बैङ्कले नदिएको उनको दाबी छ । सेवाग्राहीले बाहिर लगेर साटेको पनि हुनसक्ने तर्क गर्दै उनी पन्छिए ।
यसअघि दशैँको मुखमा बिर्तामोडस्थित भद्रपुर रोडमा शाखा कार्यालय रहेको सिद्धार्थ बैंकले पनि सेवाग्राहीलाई एक हजारको नक्कली नोट दिएको समाचार सार्वजनिक भएको थियो ।अनलाइनखबर

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका