सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • एनसेललाई पछ्याउदै नेपाल टेलिकम

एनसेललाई पछ्याउदै नेपाल टेलिकम

3110
Shares
एनसेललाई पछ्याउदै नेपाल टेलिकम

नेपाल टेलिकमले पनि प्रतिस्पधी एनसेलले दिदै आएको क्रेडिट ब्यालेन्सको सुविधालाई केही दिनमै सञ्चालनमा ल्याउने जनाएको छ ।
निजी क्षेत्रको दुरसञ्चार सेवा प्रदायक एनसेलले ल्याइसकेको यो सेवामा नेपाल टेलिकमले भने ब्यालेन्स सकिएपछि तत्कालका लागि १० रुपैयाँसम्म ‘क्रेडिट ब्यालेन्स’ लिन सकिन्छ ।
तर एनसेलमा भने २० रुयैया सम्मको सुविधा राखिएको छ । ग्राहकले ‘ब्यालेन्स’ हालेपछि ‘क्रेडिट’ रकम टेलिकमको सिस्टमले आफै काट्छ । यो एनसेलको जस्तै सुविधा हो ।
नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले ग्राहकलाई ब्यालेन्स सकिएर अप्ठयारोमा परेको बेला उपयोग गर्नका लागि क्रेडिटमा ब्यालेन्स दिने सुविधा ल्याउन लागेको बताइन ।
उपमहानगरपालिका १८ स्थित छिनेडाँडामा नेपाल टेलिकमको एमएसएजी एक्सचेञ्ज सेवाको उद्घाटनको अवसरमा नेपाल टेलिकमले कलर रिङव्याक टोन (सिआरविटी) सेवालाई पनि सुचारु गर्ने बताइन् ।

3110
Shares

ट्रेन्डिङ