सबैको समाचार
बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • डेढ लाख घुससहित मालपोतका नासु र खरिदार पक्राउ

डेढ लाख घुससहित मालपोतका नासु र खरिदार पक्राउ

4675
Shares
डेढ लाख घुससहित मालपोतका नासु र खरिदार पक्राउ

काठमाडौं :- भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीमा कार्यरत नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारी घुससहित पक्राउ परेका छन् ।

उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई १ लाख ५० हजार रुपैयाँ घुस लिएकै बेला रंगेहात पक्राउ गरेको अख्तियारले जनाएको छ ।

जग्गा नामसारी गरेवापत सेवाग्राहीसँग उनीहरुले घुस मागिरहेको भन्ने सूचना पाएपछि गएको टोलीले इनरुवा नगरपालिका वडा नं. ३ मालपोत चोकबाट उनीहरुलाई प्रक्राउ गरेको हो । उनीहरूका सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

4675
Shares

ट्रेन्डिङ