सबैको समाचार
मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • ७२ वर्षको उमेरमा डम्बरले प्राप्त गरे नागरिकता

७२ वर्षको उमेरमा डम्बरले प्राप्त गरे नागरिकता

895
Shares
७२ वर्षको उमेरमा डम्बरले प्राप्त गरे नागरिकता

अछाम । अछामका डम्बर साउदले ७२ वर्षको उमेरमा नागरिकता प्राप्त गरेका छन्। मेल्लेख गाउँपालिका वडा नम्बर ७ का साउदलाई बुधबार जिल्ला प्रशासन कार्यालय अछामका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले नागरिकता हस्तान्तरण गरेका हुन् ।

रोजगारीको सिलसिलामा लामो समयदेखि भारतमा रहेकाले साउदले नागरिकता लिन पाएका थिएनन् । बुढेसकालमा नागरिकता पाएपछि बल्ल नेपाली नागरिक भएको महसुस भएको साउदले सुनाए । आफूले नागरिकता नबनाएका कारण छोराछोरी पनि नागरिकताबिहीन भएको उनको भनाइ छ । “ढिलै भएपनि मैले नागरिकता पाएँ, अब छोराछोरीलाई नागरिकता दिलाउँछु ।”

पछिल्लो समय जिल्ला प्रशासन कार्यालय अछामले कागजपत्र पूरा भएको खण्डमा आधा घण्टामै सेवा दिने अभ्यास सुरु गरेको छ । जसले गर्दा पछिल्लो समय भिडभाड पनि कम भएको प्रमुख जिल्ला अधिकारी पोखरेलको भनाइ छ ।

895
Shares

ट्रेन्डिङ