सबैको समाचार
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • एकाएक साढे तीन करोड घाटामा आयल निगम

एकाएक साढे तीन करोड घाटामा आयल निगम

3010
Shares
एकाएक साढे तीन करोड घाटामा आयल निगम

तीन वर्षपछि नेपाल आयल निगम घाटामा गएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि जनवरी महिनामा निगमलार्इ साढे तीन करोड घाटा हुने भएको हो।

इन्डियन आयल कर्पोरेशन(आइओसी)ले जनवरीमा पठाएको मूल्य अनुसार १५ दिनमा निगमलार्इ ३ करोड ५२ लाख घाटा हुने प्रक्षेपण गरिएको छ।निगमका प्रवक्ता भानुभक्त खनालले तीन वर्षपछि निगम नोक्सानीमा गएको जानकारी दिँदै स्वचालित मूल्य समायोजन नभएमा विगतको जस्तै समस्या हुने बताए।
विगतमा अन्तर्राष्ट्रिय मूल्य अनुसार यहाँ मूल्य समायोजन नहुँदा निगमले तेल ल्याउन नसकेर उपभोक्ताले अभाव खेप्नुपरेको थियो।निगमले नयाँ मूल्य आउनेवितिकै सबै पेट्रोलियम पदार्थमा डेढ रुपैयाँ मूल्य बढाउन प्रस्ताव गरेको थियो। तर संसदीय समितिले मूल्य घटाउन दबाब दिएकोले मूल्य बढाउने आँट निगमले गरेन।
नयाँ मूल्य अनुसार निगमलार्इ सबैभन्दा बढी डिजलमा नोक्सानी भएको छ।निगमलार्इ डिजलमा प्रतिलिटर १ रुपैयाँ ५० पैसा नोक्सानी छ।निगमलार्इ डिजलपछि खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर ७८ रुपैयाँ २४ पैसा नोक्सानी छ।यो वाहेकको पेट्रोलियम पदार्थमा भने निगमलार्इ नाफा छ।निगमलार्इ पेट्रोल,मट्टितेल र हवार्इ इन्धनमा क्रमश प्रतिलिटर १ रुपैयाँ ३३ पैसा,१५ रुपैयाँ २४ पैसा र १ रुपैयाँ ६१ पैसा नाफा छ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य भने अस्थिर छ। आइओसीले पठाएको नयाँ मूल्य प्रति ब्यारल ६० अमेरिकी डलरको हो।अहिले यो घटेर प्रतिब्यारल ५५ डलरमा झरेको छ।
प्रवक्ता खनालले अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य केही घटेकोले जनवरीभरी नोक्सानी कम हुने बताए।तीन वर्षको अवधिमा निगम नाफामा हुँदा १३ वर्षदेखिको ऋण तिरेको थियो। अन्तर्राष्ट्रय बजारमा कच्चा तेलको मूल्य आकासिएको बेलामा निगमको ऋण ३६ अर्ब ८६ करोड ७० लाख रुपैयाँ तीन वर्षकै अवधिमा तिरेको हो।
तेल ल्याउन निगमलार्इ २०६४ असोज २९ गते अर्थ मन्त्रालयले ५० करोड रुपैयाँ दिएको थियो। त्यही वर्षको माघ १७ गते ५० करोड रुपैयाँ दिएर एक अर्ब रुपैयाँ ऋण पुगेको थियो । निगमले त्यो बेलादेखिको सरकारी ऋण अहिले आएर तिरेको हो ।निगमका अनुसार २०७१ पुस २३ गतेसम्म यो रकम बढ्दै गएर ३६ अर्ब ८६ करोड ७० लाख रुपैयाँ कायम भएको थियो।
तत्कालै कुनै असर पर्दैन
निगमलार्इ तत्कालै पेट्रोलियम पदार्थको मूल्य बढेर नोक्सानी भएपनि ठूलो असर भने पर्दैन्।निगमले गत वर्ष२०७२/०७३मा डेढ अर्ब नाफा कमाएको छ।यो वाहेकपनि मूल्य स्थिरीकरण कोषमा दुर्इ अर्बको हाराहारीमा रकम जम्मा भएको छ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा उपभोक्तालार्इ ठूलो भार नपरोस भनेर पेट्रोलमा प्रतिलिटर ५१ पैसा, डिजल र मट्टितेलमा ३९ पैसा, हवार्इ इन्धनमा ४३ पैसा र ग्यासमा प्रतिसिलिण्डर ६ रुपैयाँ ६३ पैसा उठाउने गरिएको छ।यो वाहेक पूर्वाधार निर्माणका लागि निगमले चर्को रुपमा उपभोक्तासँग रकम उठाइरहेको छ।
निगमले पेट्रोल,डिजल र मट्टितेलमा प्रतिलिटर पाँच रुपैयाँ र हवार्इ इन्धनमा १० रुपैयाँ उपभोक्तालार्इ जोडेको छ।यो वाहेक एलपी ग्यासमा एक सिलिण्डरमा ५० रुपैयाँ पूर्वाधारका नाममा रकम असुलिरहेको छ। बिजमाण्डू
3010
Shares

ट्रेन्डिङ