सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • चिप्लेकिराको मूर्ति भित्र लागुपदार्थ तस्करी

चिप्लेकिराको मूर्ति भित्र लागुपदार्थ तस्करी

3780
Shares
चिप्लेकिराको मूर्ति भित्र लागुपदार्थ तस्करी

अमेरिकाको ओहायो राज्यको सिन्सिनाटिमा ठूलो परिमाणमा मेथाम्फेटामिन नामक लागु पदार्थ पक्राउ गरिएको अमेरिकी भन्सार तथा सीमा सुरक्षा अधिकारीहरुले जनाएका छन् ।
चिप्लेकिराको मूर्ति कुँदिएको एउटा लाम्चो आकारको ठूलो ढुङ्गा भित्र लामो प्वाल खोपिएको र बडो चलाखीपूर्ण तरिकाबाट सो लागु पदार्थ कोची लुकाएर राखी सिन्सिनाटि भन्सार नाकाबाट गत ३० डिसेम्बरका दिन अमेरिका भित्र तस्करी गर्न खोजिएको थियो ।
सामान जाँचपास गर्ने क्रममा भन्सार नाकामा रहेको कम्प्युटर एक्सरे मेसिनबाट जाँच गर्दा सामान भित्र केही आन्तरिक गडबडी भएको मेसिनले देखाएपछि उक्त सामान रोकी कार्यालयले आफ्नो नियन्त्रणमा लिएको थियो ।
सजावटसहित चिप्लेकिराको अत्यन्त सुन्दर मूर्ति कुँदिएको लाम्चो ढुङ्गा राखिएको उक्त बक्सा मेक्सिकोबाट कार्गो गरी आयात भएको यसको गन्तव्य जर्जिया राज्यको लरेन्सभिल लेखिएको थियो ।
लागु पदार्थ लुकाएर राखेको कसैलाई शुभशङ्कै नजाओस् भन्ने कुनियतले उक्त बक्साको बाहिरपट्टि मेक्सिकोको पाषाण प्रस्तर कला भन्ने लेबल टाँसिएको थियो ।
भन्सार अधिकारीहरुले उक्त मूर्तिलाई बाहिरबाट प्वाल पारेर हेर्दा ५३ पाउण्ड (करीब पच्चीस किलो) मानव घातक मेथाम्फेटामिन लागु पदार्थको धुलो फेला परेपछि उनीहरु छक्क परे ।
मेथाम्फेटामिन धुलो कोकिन र ह्वाइट हिरोइनभन्दा कडा एक प्रकारको मानव घातक लागु पदार्थ हो । यसलाई ह्वाइट क्रिस्टलिन पाउडर वा मेथ पनि भन्दछन् । यो पानीमा पनि सजिलै घोलिन्छ । यसलाई लागु पदार्थ दुव्र्यसनीहरुले सुँघेर वा चुरोट, सूर्ति, मदिरामा मिसाएर पिउने वा इन्जेक्सन लिई सेवन गर्ने गर्छन् ।
अन्य आम लागु पदार्थभन्दा यसले बढी समयावधि (करीब २४ घण्टासम्म पनि) मानिसलाई लठ्ठ पार्न सक्छ । जसरी यसले अन्य लागु पदार्थभन्दा तीव्र गतिमा नशा–सन्तुष्टि दिन्छ त्यसैगरी मानिसलाई तीव्र गतिमै विध्वंश या चौपट पारिदिन्छ ।
उक्त घातक लागु पदार्थ निर्दोष अमेरिकी जनतासम्म पुग्नबाट बचाउने इमान्दार कर्मचारीहरुको प्रशंसा गर्दै सिन्सिनाटि भन्सार तथा सीमा सुरक्षा नाकाका निर्देशक रिचार्ड जिलेस्पीले सबै सम्बन्धित अधिकारीहरुलाई हार्दिक धन्यबाद दिनुभएको छ । रासस÷एपी

3780
Shares

ट्रेन्डिङ