सबैको समाचार
बिहिबार, बैशाख ६, २०८१

गायक यम बुद्धको निधन

6180
Shares
गायक यम बुद्धको निधन

चर्चित पप (र्यापर) गायक यम बुद्ध अर्थात अनिल अधिकारीले आत्महत्या गरेका छन् । गत शनिबार लन्डन साउथ हयारोस्थित उनको आफ्नै घरको बाथरुममा मृत अवस्थामा फेला परेको श्रोतले जनाएको छ ।
सन् १९८७, ३० मेमा जन्मिएका अधिकारी ‘यम बुद्ध’ पप गायनमा चर्चित थिए । उनी आफ्नो पत्नीसँगै लण्डनमा बस्दै आएका थिए । उनको नयाँ एल्बम ‘खतरा’ छिट्टै बजारमा आउँदै थियो । मोरङ स्थायी घर भएका अधिकारीको मेरो जुत्तामा, साथी, आउँदैछु म, फुटपाथ मेरो घर, यो प्रसंग, दिदी, अन्त्यको शुरुवात, नाचन, आमा लगायत कयौं ¥याप गीत हिट भएका छन् ।
बीबीसी सम्वाददाता भगिरथ योगीका अनुसार २९ वर्षिय गायक अधिकारीले उत्तर लण्डनस्थित विहान ३ बजेतिर आफ्नै निवासमा आत्महत्या गरेको परिवारका सदस्यले पुष्टि गरेका छन् । उनको शवलाई लण्डनको ह्यारोस्थित नर्थवीक पार्क हस्पिटलमा राखिएको छ ।
उनको मृत्युको कारण खुल्न सकेको छैन् । उनका नातेदार भाई रेश मरहठ्ठाले पनि यो घटनाको पुष्टि गरेका छन् । उनले आत्महत्याको कारण थाहा नभएको र पोस्टमार्टम बुधवार हुने र त्यसको रिपोर्टपछि मात्र भन्न सकिने जानकारी दिइका छन् ।

6180
Shares

ट्रेन्डिङ