सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सोसल मिडियामार्फत शुक्रकिटको व्यापार

सोसल मिडियामार्फत शुक्रकिटको व्यापार

3395
Shares
सोसल मिडियामार्फत शुक्रकिटको व्यापार

सिमोन वाट्सन नामका बेलायती पुरुष अहिलेसम्म ८ सय बच्चाको बाउ बनिसकेका छन् र उनी बाउ बन्ने क्रम जारी छ । उनका सन्तानहरु हरेक हप्ताजसो विश्वका विभिन्न देशमा जन्मिरहेका हुन्छन् ।
वास्तवमा वाट्सन शुक्रकिट दाता हुन् । उनले सोसल मिडियामा आफ्नो व्यवसाय चलाइरहेका छन् । अहिले पनि उनको शुक्रकिटबाट विभिन्न देशका महिलाहरुले गर्भाधारण गरिरहेका छन् र हरेक हप्ता स्पेनदेखि ताइवानसम्म उनका बच्चा जन्मिरहेका छन् । आउँदो १।२ वर्षमै उनले एक हजार बच्चाका बाउ बनेर अजम्बरी कीर्तिमान राख्नेछन् ।
वास्तवमा कुनै आधिकारिक क्लिनिकबाट शुक्रकिट खरिद गर्दा निकै महंगो पर्ने हुनाले सोसल मिडियामार्फत सस्तोमा शुक्रकिट खरिद गर्नेहरुको संख्या ठूलो छ । त्यसैले धेरै निसन्तान महिलाहरुले शुक्रकिट खरिद गर्नका लागि सिधै वाट्सनसँग सम्पर्क राख्छन्, सोसल मिडियामार्फत् ।
वाट्सन नियमित रुपमा आफ्नो स्वास्थ्य परीक्षण गराउँछन् र आफ्नो स्वास्थ्य पक्का गर्दै मात्र शुक्रकिट दान गर्दछन् । उनले नियमित रुपमा आफ्नो स्वास्थ्य प्रमाणपत्र अनलाइनमा पोष्ट गर्दै आएका छन् । यसरी व्यक्तिगत रुपमा अनलाइनमार्फत शुक्रकिट बेच्ने काम गैरकानूनी तथा अनैतिक भएको भन्दै बेलायतमा उनको विरोध पनि हुने गरेको छ । तर उनलाई यसको परवाह छैन र आफुले बकाइदा वैधानिक हिसाबले शुक्रकिटको निजी व्यापार गरिरहेको बताउँछन् । एजेन्सी

3395
Shares

ट्रेन्डिङ