सबैको समाचार
बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • सुकुम्बासी समस्या एक हप्ताभित्रै समाधान हुन्छ : प्रचण्ड

सुकुम्बासी समस्या एक हप्ताभित्रै समाधान हुन्छ : प्रचण्ड

720
Shares
सुकुम्बासी समस्या एक हप्ताभित्रै समाधान हुन्छ : प्रचण्ड

काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुकुम्बासी समस्या समाधान गर्नका लागि एक हप्ताभित्र ऐन संशोधन गर्ने दाबी गर्नुभएको छ ।

आज सोमवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपा (माओवादी केन्द्र) को वेबसाइट सार्वजनिक गर्दै प्रधानमन्त्रीले एक हप्ताभित्र सुकुम्बासी समस्या हल गर्नेगरी पुराना ऐन संशोधन गर्ने निर्णय गरिएको बताउनुभयो । उहाँले सुकुम्बासी समस्या समाधानका लागि मन्त्रिपरिषद् बैठकले ऐन संशोधन गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

‘सुकुम्बासी, अव्यवस्थित बसोबासको समस्या हल गर्न ऐन नै संशोधन गरिन्छ । वन ऐन २०२९ ले विकास नै रोकिने अवस्था छ । मान्छे मरे पनि रुख काट्न नपाइने अवस्था छ ।’

एउटा विद्यालयमा घटेको घटना सुनाउँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘एउटा विद्यालयमा रुख ढलेर एक विद्यार्थीको मृत्यु भएछ । त्यो रुख वनमा परेकाले काट्न पाएका रहेनछन् । कस्ता खालका कानुन रहेछ । विकास, नागरिकभन्दा पनि अन्य कुनै कुरालाई महत्त्व दिइएको छ, त्यसलाई संशोधन गर्ने भनेर हिजो निर्णय गरेका छौँ ।’

याे ऐनको संशोधनपछि विकास निर्माण र लालपुर्जा वितरण गर्ने काम अगाडि बढ्ने प्रधानमन्त्रीको भनाइ छ । प्रचण्डले सरकारको तर्फबाट अहिलेसम्म राम्रा काम भएकाे जिकिर गर्दै अझै राम्रा कामका लागि प्रयास गर्ने बताउनुभयो ।

720
Shares

ट्रेन्डिङ