सबैको समाचार
बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • मुद्दाइ मुद्दामा अन्योल काभ्रेको प्रसाशन भवन अब बन्ने पक्का

मुद्दाइ मुद्दामा अन्योल काभ्रेको प्रसाशन भवन अब बन्ने पक्का

1580
Shares
मुद्दाइ मुद्दामा अन्योल काभ्रेको प्रसाशन भवन अब बन्ने पक्का

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले मुद्दा जितेको छ । निर्माणधीन भवनको विषयलाई लिएर ठेकेदार कम्पनीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । 

आज सर्वोच्चले जिल्ला प्रशासन कार्यालयको पक्षमा फैसला सुनाएको हो । सर्वोच्चको यो फैसलासँगै अधुरो भवन निर्माणको काम अघि बढ्ने भएको छ । 

दर्जन बढी प्रमुख जिल्ला अधिकारी फेरिसक्दा पनि भवन अधुरै रहेको थियो । अब भने प्रशासन कार्यालयको अधुरो भवन निर्माण प्रक्रिया अघि बढ्ने बाटो खुलेको जिसस प्रमुख दिपक गौतमको भनाई । 

जिससले प्रशासन कार्यालयको नाममा जग्गा समेत नामसारी गरिसकेको छ । ‘आजको दिन, खुसिको दिन हो । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकको निर्माणाधीन  भवनमा परेको मुद्दा फैसला भइ प्रशासन कार्यालयको पक्षमा निर्णय भएको छ । निर्माणाधीन भवन बन्ने निश्चित भएको छ ।’ जिसस प्रमुख गौतमले भन्नुभयो ।

अपाङ्गताको पहुँच सहितको नमूना सुविधा युक्त भवन २०७० साल साउन १२ गते सक्ने गरी शुरुमा जिएम कन्स्ट्रक्सन प्रालि गोंगबुले ठेक्का सम्झौता गरेको थियो । उक्त भवन २०६९ साल बैशाख १२ गते सम्झौता भएको थियो ।

५ करोड २४ लाख ४ सयको लागतमा निर्माणधिन उक्त भवनमा बाल इजलास, प्रहरी क्वाटर, क्यान्टिन, सुविधा सम्पन्न पार्किङ रहने छ । उक्त रकम मध्ये ठेक्केदार कम्पनीले ४ करोड ३२ लाख ५ हजारमा भवन निर्माणका लागि सम्झौता गरेको थियो । निर्धारित समयमा काम पूरा नभएपछि २०७० पुस ९ गतेसम्म काम पूरा गर्ने गरी पहिलो पटक ६ महिनाका लागि म्याद थप भएको थियो । तर भवन निर्माण छोडेर कात्र्तिकदेखि नै ठेक्केदार कम्पनी हिडेपछि समस्या उत्पन्न हुँदै आउँदा भवन नै अलपत्र परेको थियो ।  

जिल्ला प्रशासन कार्यालयको भवन ६ रोपनी ६ आनामा फैलिएको छ । लामो समय भाडाको घरमा बस्दै आएको जिप्रकाले अहिले जिल्ला समन्वय समितिको पुरानो भवनबाट सेवा दिँदै आइरहेको छ । 

1580
Shares

ट्रेन्डिङ