सबैको समाचार
मङ्लबार, जेष्ठ १, २०८१

२७ क्विन्टल चिनी बरामद

895
Shares
२७ क्विन्टल चिनी बरामद

नवलपरासी | पश्चिम नवलपरासीमा भन्सार छली गरेर ल्याएको २७ क्विन्टल चिनी प्रहरीले बरामद गरेको छ । बर्दघाट नगरपालिका वडा नम्बर-१५ नौडिहवास्थित एक घरमा राखेको अवस्थामा प्रहरीले चिनी बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सुदर्शन पन्थीका अनुसार भारतबाट भन्सार छली गरेर ल्याएको चिनी गोदाममा रहेको जानकारीको आधारमा छापा मारिएको थियो ।

बरामद भएको ५४ बोरा चिनी महेसपुर भन्सार कार्यालयमा पठाइने छ । भारतबाट भन्सार छली गरेर सीमावर्ती क्षेत्रमा गोदाम गर्ने र नेपाली बजारमा पठाउने समूह सक्रिय छ ।

895
Shares

ट्रेन्डिङ