सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • न्यू होराइजन र धनगढी सेमिफाइनलमा

न्यू होराइजन र धनगढी सेमिफाइनलमा

8000
Shares
न्यू होराइजन र धनगढी सेमिफाइनलमा

न्यू होराइजन क्रिकेट क्लब, बुटवल नेपाली राइनोजलाई आठ विकेटले पराजित गर्दै दोस्रो रुस्लान कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर ब्याटिङ गरेको न्यू होराइजनले १९ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १०४ रन बनायो । जवाफी ब्याटिङमा उत्रेको नेपाली राइनोजले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ९६ रनमै समेटियो ।
न्यू होराइजनका लागि निर्मल थापाले ३० रन, विक्रम भुसालले २७ तथा सुसन भारी र गणेश गौडेलले समान १०/१० रन बनाए । यस्तै नेपाली राइनोजका लागि सोनु तामाङले २७, शिव तण्डुकारले १९ र पवन शर्राफले १४ रन जोडे । बलिङतर्फ न्यू होराइजनका लागि कृष्ण कार्कीले तीन तथा साहव आलमले दुई विकेट लिए ।
यसैगरी सोही मैदानमा आजै भएको अर्को खेलमा एसपिए धनगढीले आयोजक काठमाडौँ क्रिकेट टेर्निङ सेन्टरलाई ४६ रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
टस जितेर ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १६० रन बनायो । १६१ रनको चुनौती पाएको आयोजक काठमाडौँ २० ओभर पूरा खेल्दै नौ विकेटको क्षतिमा ११४ रनमा समेटियो । रासस

8000
Shares

ट्रेन्डिङ