सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०

सपथ ग्रहण अभ्यासको तयारी

2910
Shares
सपथ ग्रहण अभ्यासको तयारी

आगामी २० जनवरीका दिन सम्पन्न हुन गइरहेको अमेरिकाको ४५ औँ राष्ट्रपति पदको औपचारिक सपथ ग्रहण दिवस आउन अब पाँच दिन मात्र बाँकी छ । यसै दिन निवर्तमान र नवनिर्वाचित राष्ट्रपतिबीच शान्तिपूर्ण सत्ता हस्तान्तरण र बरबुझारथ गरिने कार्यक्रमको आयोजना पनि भएको छ ।
निर्धारित समय तलमाथि हुन नपाओस् र आगामी सपथ ग्रहण समारोहका सबै कार्यक्रमहरुमा सानातिना बाधा व्यवधान पनि आउन नपाई एकदमै सहज ढङ्गबाट सम्पन्न होउन् भन्ने उद्देश्यले आज नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प, उपराष्ट्रपति माइक पेन्स लगायत अन्य विशिष्ट व्यक्तिहरु वाशिङ्गटन डी.सी.को क्यापिटोल हिलमा अवस्थित अमेरिकी कँग्रेसको मुख्यालय क्यापिटोलमा पोशाक अभ्यास (ड्रेस रिहर्सल) कार्यक्रममा सरिक भएका छन् ।
यस छायाँ सपथ ग्रहण कार्यक्रममा सरिक गराउन आयोजकहरुले एकजना विशेष व्यक्तिलाई पनि निम्तो दिएका छन् । कार्यक्रम अवधिभर यिनी राष्ट्रपति बाराक ओबामाको भूमिकामा प्रस्तुत हुने छन् ।
वर्तमान राष्ट्रपति बाराक ओबामाको अनुहार, उचाई, तौल, छालाको रङ्ग, हाउभाउ, चालढाल, बोलिचालीसँग काटीकुटी दुरुस्तै मिल्ने भएकाले नर्थक्यारोलिना निवासी, अमेरिकी सेनामा सर्जेन्ट पदमा कार्यरत यिनै २६ वर्षीय युवकलाई आयोजकहरुले चयन गरेका हुन् ।
आयोजकहरुले यी युवकलाई आफ्नो भूमिका निर्वाह गर्न चयन गरेको कुरो राष्ट्रपति ओबामाले केही दिन अघि थाहा पाउनु भएपछि लौ जा १, यिनको कान त मेरो जत्रो ठूलो रहेन छ नि भनी टिप्पणी गर्नु हुँदा त्यहाँ उपस्थित ब्यक्तिहरुबीच हाँसोको फोहोरा छुटेको थियो । रासस÷एपी

2910
Shares

ट्रेन्डिङ