सबैको समाचार
मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • ७९ वर्षीय ज्येष्ठ नागरिकको जलेर मृत्यु

७९ वर्षीय ज्येष्ठ नागरिकको जलेर मृत्यु

710
Shares
७९ वर्षीय ज्येष्ठ नागरिकको जलेर मृत्यु

धनगढी । कैलालीमा आगोले जलेर एक ज्येष्ठ नागरिकको मृत्यु भएको छ ।

घोडाघोडी नगरपालिका-१० आमखैया बस्ने ७९ वर्षीय खडक बडुवालको आगोले जलेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदीप चन्दले घरको आगनमा बालेको आगो ताप्ने क्रममा सोमबार बिहान जलेर बडुवालको मृत्यु भएको जानकारी दिए ।

उनकाअनुसार घटनाबारे इलाका प्रहरी कार्यालय सुखडले थप अनुसन्धान गरिरहेको छ ।

710
Shares

ट्रेन्डिङ