सबैको समाचार
बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • रूपन्देहीमा ग्यासको मूल्य रु २० घट्यो

रूपन्देहीमा ग्यासको मूल्य रु २० घट्यो

2695
Shares
रूपन्देहीमा ग्यासको मूल्य रु २० घट्यो

रूपन्देही जिल्लामा बुधवारदेखि ग्यासको मूल्य घटेको छ । आयल निगमले पुस २० गतेदेखि नै रुपन्देहीमा प्रतिसिलिन्डर रु २० घटाए पनि ग्यास बिक्रेता सङ्घको आन्दोलनले लागू हुन सकेको थिएन ।
नेपाल आयल निगमका अनुसार भारतको मथुरा र कर्नाल डिपोबाट आउने आयल निगम क्षेत्रीय कार्यालय भलवारीको ढुवानी खर्च कम भएकाले मूल्य घटाइएको हो । निगम केन्द्रीय कार्यालयले रुपन्देही, दाङ, बाँके, कैलाली र कन्चनपुर जिल्लामा मूल्य घटाएको छ ।
नेपाल आयल निगम क्षेत्रीय कार्यालय भलवारीका अनुसार नयाँ निर्णयअनुसार अबदेखि उपभोक्ताले रु एक हजार ३०५ मा ग्यास खरिद गर्न पाउने छन् । रुपन्देहीमा चारवटा ग्यास उद्योग सञ्चालनमा छन् ।
यसैबीच नेपाल आयल निगमले रुपन्देहीमा खाना पकाउने एलपी ग्यासको उपभोक्ता मूल्य घटाएपछि आफूहरुले पाउँदै आएको कमिशन कम भएको भन्दै आन्दोलनमा उत्रिएका बिक्रेता र ग्यास उद्योगीबीच आज सहमति भएको छ । सहमतिसँगै ग्यास बिक्रेताले ग्यास उपभोक्तालाई बिक्री गर्न थालेका छन् ।
बुटवलमा यस क्षेत्रका ग्यास उद्योगी र ग्यास बिक्रेता सङ्घको संयुक्त बैठक बसेर सबै क्षेत्रमा भएको मूल्यवृद्धि र लगानीअनुसार ग्यासको कारोबारमा सरकारले दिएको कमिशन न्युन भएको भन्दै व्यवसायीले आन्दोलन गर्दै आएका थिए ।
उद्योगी र बिक्रेताले भ्याटकै कारण उद्योगी र बिक्रेता दुवै मर्कामा परेको निष्कर्ष निकाल्दै भ्याट खारेजी र बिक्रेताले पाउँदै आएको कमिशन यथावत कायम गराउन सरकारलाई माघ १९ गतेसम्म समय दिने र त्यतिबेलासम्म माग पूरा नभए संयुक्तरुपमा आन्दोलन गर्ने सहमति भएको ग्यास बिक्रेता सङ्घ रुपन्देहीका अध्यक्ष वसन्त गौचनले जानकारी दिनुभयो । जिल्लामा बुटवल, सिद्धार्थ, त्रिशूल र स्वस्तिक गरी चारवटा ग्यास उद्योग छन् ।
सुनचाँदी पसल बन्द
मागअनुसार सुन नआएको भन्दै रुपन्देहीका सुनचाँदी व्यवसायी आन्दोलनमा उत्रिएका छन् ।
सुनचाँदी व्यवसायी सङ्घ रुपन्देहीले सरकारसमक्ष मागअनुसार सुनको आपूर्ति गर्न भने पनि सुनुवाइ नभएको भन्दै आज बिहानैबाट पसल बन्द गरेका छन् । सुनचाँदी व्यवसायी सङ्घ बुटवल शाखा अध्यक्ष दीपक विश्वकर्माले पसल बन्द बिहीबार पनि गर्ने बताउनुभयो ।
सुनको व्यापार सिजनका बेलामा धेरै हुनेहुँदा अहिले अर्डर भएअनुसार गरगहना बनाउन नपाइएकाले सुनको आपूर्ति रुपन्देहीमा मात्रै दैनिक दुई किलोको आवश्यकता रहेको व्यवसायीको भनाइ छ । रासस

2695
Shares

ट्रेन्डिङ