सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • अमेरिकी कम्पनीले चप्पलमा गान्धीको तस्बिर राखेपछि

अमेरिकी कम्पनीले चप्पलमा गान्धीको तस्बिर राखेपछि

2630
Shares
अमेरिकी कम्पनीले चप्पलमा गान्धीको तस्बिर राखेपछि

एजेन्सी । एक अमेरिकी कम्पनीले भारतीय स्वतन्त्रताका प्रतीक महात्मा गान्धीको तस्बिर भएको चप्पल निकालेपछि भारत रुष्ट बनेको छ ।
भारतीय सञ्चार माध्यमले जनाए अनुसार सो कम्पनीले गान्धीको तस्बिर सहितको चप्पल अनलाइन सप अमेजनमार्फत सार्वजनिक गरेको छ ।
भारतको राष्ट्रिय झण्डा भएको डोरम्याट बेच्न बन्द गनुपर्ने आवाज उठेको केही दिनमै गान्धीको तस्बिर भएको चप्पल पनि सार्वजनिक भएको छ ।
विरोधपछि डोरम्याट बन्द गरेपनि फेरि गान्धीको तस्बिर भएको चप्पल ल्याएको खबर छ । द गान्धीको तस्बिर छापिएको चप्पलको मूल्य झण्डै १७ अमेरिकी डलर राखिएको छ ।एजेन्सी

2630
Shares

ट्रेन्डिङ