सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • गर्भनर र बैंकरलाई दियो अख्तियारले कडा चेतावनी

गर्भनर र बैंकरलाई दियो अख्तियारले कडा चेतावनी

2830
Shares
गर्भनर र बैंकरलाई दियो अख्तियारले कडा चेतावनी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्थ सचिव, गर्भनर र बैंकर संघका अध्यक्षलाई बोलाई कडा चेतावनी दिएको छ । अख्तियारका का.वा.प्रमुख दीप बस्न्यातले पहिलो पटक सरकारी र निजी बैंकका प्रमूखहरुलाई बोलाई कडा चेतावनी दिदै ऋण प्रवाह र असुलीको नाममा ग्राहकहरुलाई आफू खुसी कानुन बनाएर सम्पत्ति हडप्ने काम भएको भन्दै वित्तिय सुशासन तत्कालै सुर्धान निर्देशन दिएको स्रोतको दावी छ ।
ऋण प्रवाह र असुलीको नाममा भैररहेको वित्तिय अपराधका कारण राष्ट्रिय अर्थतन्त्र नै प्रभावित भएको भन्दै कामु प्रमुख बस्न्यातले यस्तो कार्य प्रति सचेत रहन राष्ट्र बैंकलाई निर्देशन दिएका छन् ।
स्रोतले भन्योः खासगरी ऋणदिँदा र लिँदा आफु खुशी शर्तहरु निधारण गर्ने र ग्राहकहरु माथि शर्त निर्धारण गर्ने र ग्राहकहरु लुट्ने प्रवृत्ति बढेको भन्दै अख्तियारले यस्तो कार्य रोक्न निर्देशन दिएको हो । कामु प्रमुख बस्न्यातले बैंक तथा वित्तीय संस्थाहरुले तय गर्ने कार्य्विधिमा एकरुपता कायम हुनुपर्ने बताउँदै ऋणीहरुलाई टाट पल्टाउने मनोविज्ञानबाट बैंक तथा वित्तीय संस्थाहरु मुक्त हुनुपर्ने निर्देशन दिएका हुन ।
“भाषणमा ग्राहकहरुको हित सम्वर्द्धनको चर्को कुरा गर्ने तर व्यवहारमा टाट पल्टाउने प्रवृत्ति अख्तियार गर्ने दोहोरो भूमिकाबाट बैंक तथा वित्तीय संस्थाहरु टाढा रहनु पर्ने तर्क उनको तर्क छ ।
बैंक तथा ग्राहकबीचको लेनदेनको विषय ऋण असुली न्यायाधिकरणद्वारा फैसला भइसकेपछि पनि मिलापत्र गर्नु आफैमा कति वाञ्चित हुन्छ ? भन्ने प्रश्न गर्दै कार्यवाहक प्रमुख आयुक्तले वित्तीय अनुशासन कायम गर्ने सिलसिलामा राष्ट्र बैंकको भूमिका प्रभावकारी नदेखिएको यस्तै भए अख्तियारले कडा कारवाही गर्ने चेतावनी समेत दिएका छन् ।
यस्तै अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह गर्ने र असुलीमा बेवास्ता गर्ने मनोवृत्तिका कारण बैंक तथा वित्तीय संस्थाहरु धरासायी हुने गरेको उल्लेख गर्दै नियमनकारी अंगका रुपमा राष्ट्र बैंकलाई यसतर्फ आफ्नो सुपरीवेक्षण र अनुगमन कार्यलाई तिव्रता दिन निर्देशन अख्तियारले दिएको छ ।
बैंक तथा वित्तीय क्षेत्रमा नियन्त्रण र सन्तुलनको अवस्था कमजोर रहेको तथ्य औंल्याउँदै प्रमुख आयुक्तले ग्राहकहरुको विश्वास आर्जन गर्ने ढंगबाट वित्तीय गतिविधि सञ्चालन गर्न सरोकारवाला पक्षहरुलाई सुझाव दिए। बैंकिङ्ग क्षेत्रका कारोवार, वित्तीय अराजकता र ऋण प्रवाह एवं असुलीमा भएका असमान व्यवहारलाई लिएर आयोगमा उजुरीको चाप बढेको र आफुहरु कारवाही गन पछि नपर्ने समेत उनीले चेतावनी दिएका छन् ।
कार्यक्रममा अर्थ मन्त्रालयका राजस्व सचिव राजन खनाल, नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल, नेपाल बैंक लिमिटेड, नेपाल वाणिज्य बैंक र नेपाल कृषि विकास बैंकका कार्यकारी प्रमुखहरु, नेपाल बैंकर्स एसोसियसनका अध्यक्ष अनिल शाह लगायत बैंक तथा वित्तीय संस्थाका पदाधिकारी उपस्थित रहेको स्रोतको दावी छ ।
कार्यक्रममा आयोगका आयुक्तहरु नवीनकुमार घिमिरे, डा. गणेशराज जोशी, राजनारायण पाठक, डा. सावित्री थापा गुरुङ तथा आयोगका सचिव राजेन्द्र किशोर क्षेत्रीले समेत धारणा राखेका थिए। स्रोतका अनुसार पछिल्लो अवस्थामा बैंक र वित्तिय संस्थावाट पिडित सयौं उजुरी अख्तियारमा परेकाले सचेत रहन निर्देशन दिन अख्तियारले यस्तो भेला गरेको बताइएको छ ।

2830
Shares

ट्रेन्डिङ