सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • प्रधानसेनापतिहरुको गोप्य भेला

प्रधानसेनापतिहरुको गोप्य भेला

4430
Shares
प्रधानसेनापतिहरुको गोप्य भेला

नेपाली जनताको विश्वासको केन्द्र बिन्दु र आशाको धरोहर नेपाली सेनाका पूर्व प्रधानसेनापतिहरुको गोप्य भेला हालै सम्पन्न भएको छ । कमै मात्रामा यस्तो भेला र छलफल हुने सेना प्रमुखहरुको यो गोप्य भेलाले जनता वीचमा दिनप्रतिदिन बढ्दै गएको धु्रविकरण र यसले भविष्यमा नित्याउने दुर्घटनावारे नेपाली सेनाका प्रमूख वीच करिब ७ घण्टा लामो छलफल भएको स्रोतको दावी छ ।
मुलुक गम्भीर मोडमा पुगेको परिस्थितिको सामना गर्न कस्तो आन्तरिक तयारी गर्ने, नेपाली सेनाको आगामी रणनीति कस्तो बनाउने भन्ने बारेमा लामो छलफल भएको थियो । प्रधानसेनापति राजेन्द्र क्षेत्रीको निम्तोमा शशीभवनमा गत आइतवार भएको पूर्व सेनापतिहरुको गोप्य भेलामा खासगरी मधेश र पहाड वीच चर्किदै गएको
धु्रविकरणमा सेना सचेत भएको र यस्तो बेला निगरानी समेत बढाइएको बारे पनि छलफल भएको थियो ।
देश दुई भागमा धु्रविकरण भएको बेला प्रधानसेनापति क्षेत्रीले पूर्व सेनापतिहरुलाई आफ्नै निवास शशीभवनमा बोलाई छलफल सुझाव लिएका छन ।
प्रधानसेनापतिको निजी निवासमा भएको छलफलमा पूर्व प्रधानसेनापतिहरु अर्जुनरसिंह राणा, प्यारजंग थापा, प्रज्वलशमशेर राणा, रुक्माङ्गत कटुवाल, छत्रमानसिंह गुरुङ र गौरवशमशेर राणाको सहभागिता रहेको स्रोतको दावी छ ।
प्रधानसेनापति क्षत्रीले सामाजिक संजाल फेसबुकमार्फत भेटघाटको पुष्टि गर्दै पूर्वसेनापतिहरुसंगको भेटघाट तथा छलफलले सबै मिलेर एउटा साझा मञ्चमार्फत देश, जनता र सेनालाई सम्बृद्धिको बाटोतर्फ डोर्याउने उत्प्रेरणा मिलेको बताएका छन् । उनले छलफलका क्रममा प्राप्त भएका अमुल्य सुझाव र अनुभवले भेटघाट निकै प्रेणादायी र ज्ञानवर्धक बनेको दावी उनीले गरेका छन् ।
‘नेपाली सेनाका पुर्व प्रधानसेनापतिहरुसंगको भेटघाट तथा छलफलले हामी सबै मिलेर एउटा साझा मञ्च मार्फत, देश, जनता र नेपाली सेनालाई सम्बृद्धीको बाटो तर्फ डोर्या्उने उत्प्रेरणा मिलेको छ,’ प्रधानसेनापति क्षत्रीले भनेका छन्न् ‘छलफलका क्रममा प्राप्त भएका अमूल्य सुझाव, अनुभव तथा ज्ञानगुणका कुराहरुले यो भेटघाट निकै नै प्रेरणादायी र ज्ञानबर्धक बन्यो ।’ उनीको यो भनाईले प्रष्ट पारेको छ । नेपाली सेनामा पूर्व प्रधानसेनापतिहरुको पूर्व समर्थन र सहयोग हुनेछ ।
सेनापतिहरुको यो रात्री भोज र भेलाले भविष्यमा हुने दुर्घटना र सेनाको भूमिका वारे गरेको छलफलले नेपाली सेनालाई थप उपलब्धी हुने एक सहभागी पूर्व सेनापतिले राजतिलक साप्ताहिकसँग बताए ।
नेपाली सेना जनताको एउटा मात्रै आशाको धरोहर भएकोले सेनाले आफ्ना कार्य र योजना नेपाली जनताको पक्षमा ल्याउनु जरुरी देखिन्छ ।

4430
Shares

ट्रेन्डिङ