सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१

देउवालाई दिल्लीको छिर्की

4120
Shares
देउवालाई दिल्लीको छिर्की

९–९ महिनाको आलोपालो प्रधानमन्त्री चलाउने भद्र सहमति गरेर प्रचण्ड प्रधानमन्त्री बनेका हुन् । उनको ५ महिनाको कार्यकाल सकियो, अवको ४ महिनामा उनले प्रधानमन्त्री देउवालाई हस्तान्तरण गर्नुछ । चंख प्रचण्डले मधेसीलाई उराल्न थालेका छन्– ५ नम्बरबाट पहाड र मधेस अलग्याउने संविधान संशोधन प्रस्ताव पारित भएपछि कैलाली, कञ्चनपुरबाट मधेस प्रदेशमा गाभिनुपर्छ । तवमात्र देउवालाई समर्थन गरिन्छ, देउवा प्रधानमन्त्री बन्नसक्नेछन् ।
वाह भारत, तेरा महिमा अपार । नेपाललाई छिन्नभिन्न, लथालिंग पारेरमात्र छाड्ने भयो भारतले ।
यस्तो सुराक थाहा पाएका देउवा झस्किएका छन् । तेस्रो किस्तामा सुनसरी, मोरङ र झापा मधेस प्रदेशमा मिलाउन अन्तिम युद्ध लडिन्छ भनेर राजेन्द्र महताले घोषणा गरिसके ।
महन्थ ठाकुरले त मधेस प्रदेश होइन, मधेस देश बनाइन्छ भनेका छन् भने सीके राउत र अन्य भूमिगत सशस्त्र समूहलाई भारतले तालिम दिएर तैयार पार्न थालिसकेको खबरले कूटनीतिक बृत्तमा समेत तहल्का मच्चिएको छ ।
त्यसो त देउवा पश्चिमाका विश्वासपात्र हुन् । उनकी पत्नी सांसद आरजु देउवाका अहिले पनि सिआइएसँग राम्रै उठबस छ । अमेरिकी दूतावासले सबैभन्दा विश्वास गरेको पात्र पनि उनै हुन् । प्रचण्ड राष्ट्रघात गरेर प्रधानमन्त्रीमा टिकिरहन चाहन्छन्, देउवा जति गिर्न वा जस्तोसुकै निर्णय गर्न परे पनि प्रधानमन्त्री हत्याउन तमतैयार भइसकेका देखिन्छन् ।
नेपालको सत्तामा सतिको सराप नै परेको रहेछ, सत्ता स्वार्थीहरुले देश सिध्याउने भए । यसै भन्छन्– पर्यवेक्षकहरु ।

4120
Shares

ट्रेन्डिङ