• होमपेज
  • डा.बाबुराम भट्टराईको चुनावी रणनीति

डा.बाबुराम भट्टराईको चुनावी रणनीति

डा.बाबुराम भट्टराईको चुनावी रणनीति

काठमाडौं । अमेरिकामा ट्रम्पइजमले जसरी चुनाव जित्यो, त्यो हावाले नेपालमा चुनावी परिणाम ल्याउने निश्चित देखेपछि नयाँशक्ति पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईको पहलमा माओवादी र मधेसी मोर्चाका सदस्य दलहरु मिलेर चुनावी मोर्चा बनाउने तैयारी भित्रभित्रै अन्तिम चरणमा पुगेको खबर छ ।
डा.बाबुराम भट्टराईले नेपालमा ओलिइजमको हावा आउँछ भनेर भय देखाएर मधेसी नेता र प्रचण्डको सातो खाएर चुनावी मोर्चा बनाउन लागेका हुन् । यो मोर्चा बन्यो भने एमालेका लागि चुनाव अहिले जति सहज देखिएको छ, मोर्चासँग लड्न फलामको च्यूरा चपाउनुपर्ने हुनसक्छ ।
चुनावीविज्ञहरु भन्छन्– राप्रपा र अन्य भुरे दलहरु भनेका खतरा होइनन्, नयाँशक्ति, माओवादी केन्द्र र मधेसवादी दलहरु मिले भने एमालेलाई धुलो चटाउन सक्छन् । दिल्लीको इसारा पनि यस्तै मोर्चा बनाउने छ भनेर अमेरेश कुमार सिंहले पोल खोलिदिएपछि एमालेको हालत खस्ता हुने संकेतहरु अहिले नै देखिन थालेको छ ।
यही मोर्चा बनाउने अठोट गरेर प्रचण्डले चुनाव घोषणाको तैयारी र संशोधन पास हुन्छ भन्ने दिनदिनै भविष्यवाणी गरिरहेका हुन् भन्छन् जानकारहरु ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका